रियलको मैदानमा बार्सिलोनाको शानदार जित « Khabarhub

रियलको मैदानमा बार्सिलोनाको शानदार जित


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० अन्तरको शानदार प्रदर्शन गर्दै एल क्लासिकको लगातार पाँचौ हारको अन्त्य गरेको हो ।

जाभी होर्नाण्डेजको नेतृत्वमा रहेको बार्सिलोनालाई जिताउन पिएरे एमरिक अबमेयाङले दुई तथा रोनाल्ड अरुजो र फेरान टोरेसले एक-एक गोल गरे ।

खेलको २९औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३८औं मिनेटमा रोनाल्डले गोल गर्दा रियल घरेलु मैदानमा सुरुवातमै २-० ले पछि रह्यो।

४७औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५१ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए ।

हारका बाबजुद रियल शीर्ष स्थानमा यथावत छ । उसको ६६ अंक रहेको छ ।जितसँगै बार्सिलोना २८ खेलबाट ५४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : २७ बजे

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका