रुकुम र बैतडीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु « Khabarhub

रुकुम र बैतडीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–६ मनकाबगरमा हाल नम्बर नखुलेको अनटेष्ट लेखिएको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ट्रकमा सवार सुर्खेत बराहताल गाउँपालिका–३ बस्ने २६ वर्षीय  निरज बिष्ट छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो । 

आइतबार राती ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकमा सवार २ जना घाइते भएका छन् भने बेपत्ता भएका १ जनाको प्रहरीले खोजी गरिरहेको छ । 

यस्तै, बैतडीको पाटन नगरपालिका–६ पाटनमा से.१ ख १२४२ नम्बरको मिनी ट्रक ब्याक गर्ने क्रममा आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रकमा सवार सूर्नया गाउँपालिका–३ बस्ने २५ वर्षीया दुर्गा चन्द रहेकी छन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडी हुँदै थप उपचारको लागि जिल्ला अस्पताल डडेलधुरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल डडेलधुरातर्फ पठाइएको छ  । अन्य ३ जना घाइते प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीमा उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ। 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  २ : २६ बजे

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा