युएईले दियो नेपाललाई जितका लागि २०३ रनको लक्ष्य « Khabarhub

युएईले दियो नेपाललाई जितका लागि २०३ रनको लक्ष्य


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआई शृंखलामा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।

दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोडेको हो ।

यूएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । यस्तै ओपनर मुहम्मद रिजवानले ३३ , चिराग सुरीले २६ रन, भृत्या अरविन्दले २४ रनको योगदान गरे ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै, सोमपाल कामीले २ विकेट लिँदा आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो । नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई तीन खेलमा विजयी भएको छ ।

प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हार सहित १० अंकका साथ छैटौं स्थानमा छ । यूएई १७ खेलमा ९ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : १८ बजे

भारतीय शिक्षक रूबल नागीलाई १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार

दुबई– भारतका सामाजिक अभियन्ता तथा शिक्षक रूबल नागीले १० लाख

कुनै दलसँग चुनावी तालमेल नगर्ने कांग्रेसको घोषणा, सबै १६५ क्षेत्रमा उम्मेदवारी कायम

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा कुनै पनि पार्टीसँग

कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

काठमाडौं– नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मीले कश्मीरसम्बन्धी दीर्घकालीन विवादको

निर्वाचन : ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ

स्मार्ट बटन र वास‍+सहित सेनसेईको नयाँ वासिङ मेसिन सार्वजनिक

काठमाडौं– सेनसेईले  नयाँ फ्रन्ट लोड वाशिंग मेसिन (मोडेल: एसडबल्युएम १० एफएल३| १० केजी) नेपाली बजारमा सार्वजनिक