युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला बाइडेनले युरोपको भ्रमण गर्ने « Khabarhub

युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला बाइडेनले युरोपको भ्रमण गर्ने


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको भ्रमण गर्ने भएका छन् । उनी बुधबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्ने कार्यक्रम छ । ह्वाइटहाउसले जनाएअनुसार त्यसपछि राष्ट्रपति बाइडेन आगामी शुक्रबार पोल्याण्ड पुग्नेछन् ।

उनले त्यहाँ युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्ने बताइएको छ । ‘यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्नुहुनेछ ।’ ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनको युरोप भ्रमण नेटो आबद्ध मुलुकहरु, जी ७, र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न केन्द्रित हुने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् ।

शुक्रबार राष्ट्रपति बाइडेन पोल्याण्डको राजधानी वार्सा पुग्ने र त्यहाँ पोलिश राष्ट्रपति आन्द्रेई डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ । ‘राष्ट्रपतिले हाम्रा सहयोगी र साझेदारहरूसँगै संयुक्त राज्य अमेरिकाले कसरी प्रतिक्रिया दिन्छ भनेर छलफल गर्नुहुनेछ’ ह्वाइटहाउसले जनाएको छ ।

बाइडेनले युक्रेनमा रूसी आक्रमणको प्रतिक्रियामा जारी प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न एक असाधारण नेटो शिखर सम्मेलनमा भाग लिने बताइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : २३ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र