युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला बाइडेनले युरोपको भ्रमण गर्ने | Khabarhub Khabarhub

युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला बाइडेनले युरोपको भ्रमण गर्ने


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको भ्रमण गर्ने भएका छन् । उनी बुधबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्ने कार्यक्रम छ । ह्वाइटहाउसले जनाएअनुसार त्यसपछि राष्ट्रपति बाइडेन आगामी शुक्रबार पोल्याण्ड पुग्नेछन् ।

उनले त्यहाँ युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्ने बताइएको छ । ‘यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्नुहुनेछ ।’ ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनको युरोप भ्रमण नेटो आबद्ध मुलुकहरु, जी ७, र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न केन्द्रित हुने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् ।

शुक्रबार राष्ट्रपति बाइडेन पोल्याण्डको राजधानी वार्सा पुग्ने र त्यहाँ पोलिश राष्ट्रपति आन्द्रेई डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ । ‘राष्ट्रपतिले हाम्रा सहयोगी र साझेदारहरूसँगै संयुक्त राज्य अमेरिकाले कसरी प्रतिक्रिया दिन्छ भनेर छलफल गर्नुहुनेछ’ ह्वाइटहाउसले जनाएको छ ।

बाइडेनले युक्रेनमा रूसी आक्रमणको प्रतिक्रियामा जारी प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न एक असाधारण नेटो शिखर सम्मेलनमा भाग लिने बताइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ३ : २३ बजे

हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द

एजेन्सी – हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको

एलिमिनेटर : बोपाराको अर्धशतकले जोगिएन चितवन, क्वालिफायर २ मा पुग्यो कर्णाली

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत बुधबार भएको इलिमिनेटर भिडन्तमा कर्णाली याक्सले चितवन

चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही

नवलपुर – चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म

फाल्गुनन्द गोल्डकपको तयारी पूरा

पाँचथर– पाँचथरको फिदिममा यही पुस ६ गतेदेखि सञ्चालन हुने फाल्गुनन्द

एनसेल उत्कृष्ट करदाता, ललितपुर महानगरले गर्‍यो सम्मान

काठमाडौं– एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ। गत