जग्गा बेच्न नदिएपछि साथीसँग मिलेर आमाको हत्या « Khabarhub

जग्गा बेच्न नदिएपछि साथीसँग मिलेर आमाको हत्या


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा आमाले जग्गा बेच्न नदिएपछि छोराले हत्या गरिदिएका छन् । पोखरा १२ शीतलादेवी बस्दै आएकी नौमाया नेपालीलाई उनकै छोरा ओमले हत्या गरिदिएका हुन् । चैत ४ गते बिहान उनले साथीसँग मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘ओमले जग्गा बेच्न लागेका रहेछन् । आमाको नाममा भएकोले सजिलोसँग बेच्न पाएनन् । उनले आमालाई आग्रह गर्दा पनि नमानेको स्वीकारे,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने, ‘आमाले कुनै पनि हालतमा जग्गा बेच्न नमानेपछि आमाकै हत्या गरेको पाइयो ।’ आमाको हत्याका लागि ओमले सोही ठाउँका आफ्नै साथी कुमार गुरुङलाई योजना सुनाए । कुमारलाई १ लाख रुपैयाँ दिने सहमति गरेर ओमले हत्या गरेको तिवारीले बताए ।

घटना यसरी भयो

ओमले आमाको नाममा भएको जग्गा बेच्ने योजना बनाए । आमाले मानिनन् । ओमले जसरी पनि जग्गा बेच्नुपर्ने भएपछि आमालाई तगारोबाट हटाउने सोच बुने । चैत ३ गते होलीको दिन अबेरसम्म ओम र कुमार मिलेर रक्सी पिए । सोही क्रममा योजना बनाए । भित्रबाट चुकुल लगाएर सुतिरहेकी आमालाई हत्या गरिदिन कुमारलाई पठाए । राति साढे १० बजे कुमारले नौमायाको हत्या भयो ।

भित्र पसेर कुमारले आमाको हत्या गरिसकेपछि दुवै जना कुमारकै घरमा गएर बसेका थिए । ‘बिहान आएर ओमले आमाको हत्या भएको देखेर हारगुहार गरेको पाइयो । वरपर कसैले पनि ओमले त्यस्तो गरेको आशंका गर्न सकेनन्,’ तिवारी भन्छन्, ‘अनुसन्धान गर्दै जाँदा उनै दोषी देखिए ।’ 

प्रहरीले हत्या आरोपमा पक्राउ परेका नेपाली र गुरुङ दुबै जनालाई फौजदारी अपराध संहिता अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

दुबैजनालाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी कारबाही अघि बढेको प्रहरीले जनाएको छ । नौमाया प्यारालाइसिसबाट पीडित भएकाले प्रतिकार गर्न सक्ने अवस्थामा नभएको तिवारी बताउँछन् । उनको घाँटीमा नीलडाम र अनुहारमा चोट लागेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ६ : ५० बजे

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धपछिको प्रक्रिया व्यवस्थापन

निर्वाचन बहिष्कार गरेका ६ कम्युनिस्ट दल सडकमा (तस्बिरहरू)

काठमाडौं – स्वाधीन जनसरकार र जनसंविधानको माग राख्दै आज उपत्यकामा

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न