भारतीय मूलकी शेफाली नेदरल्याण्ड्सका लागि अमेरिकी राजदूत नियुक्त « Khabarhub

भारतीय मूलकी शेफाली नेदरल्याण्ड्सका लागि अमेरिकी राजदूत नियुक्त


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय मूलकी शेफाली रज्दान दुग्गललाई नेदरल्याण्ड्सका लागि राजदूत नियुक्त गरेका छन् । यसअघि डेमोक्र्याटिक राष्ट्रिय समितिको आर्थिक उपप्रमुख रहिसकेकी शेफालीलाई नेदरल्याण्ड्सका लागि अमेरिकी राजदूत नियुक्त गरिएको ह्वाइट हाउसले जनाएको छ ।

दुई सन्तानकी आमा उनी अनुभवी राजनीतिक अभियन्ता, महिला अधिकारवादी एवम् मानव अधिकारका क्षेत्रमा पनि क्रियाशील रहेको ह्वाइट हाउसले जनाएको छ ।

यसबाहेक उनी मानव अधिकारवादी संगठन ह्युमन राइट्स वाचको सन फ्रान्सिस्को समिति सदस्य समेत रहेको बताइएको छ ।

उनी यसअघिका डेमोक्र्याट उम्मेदवारहरू बाराक ओबामा र हिलारी क्लिन्टनको राष्ट्रपतीय अभियानमा पनि सक्रिय थिइन् ।

फ्लोरिडाको मियामी विश्वविद्यालयमा आम सञ्चार विषयको अध्ययन गरेकी उनले न्यूयोर्क विश्वविद्यालयबाट राजनीतिक सञ्चार विषयमा स्नातकोत्तर गरेकी छिन् ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ०३ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस