उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिको राजीनामा : निर्वाचन आयोग « Khabarhub

उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिको राजीनामा : निर्वाचन आयोग


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचनमा जाँदा उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

सोमबार काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गर्नु आयोगको दायित्व भएको भन्दै उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको बताए।

बहालमा रहेकै अवस्थामा उम्मेद्वार बन्दा राज्यको स्रोत सधान उपयोग गर्ने सम्भावना देखिएको र त्यही स्वस्थ प्रतिस्पर्दा नहुने देखेर राजीनामा दिनुपर्ने प्रावधान राखेको पनि उनले बताए ।

प्रवक्ता पौडेलले जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रिक्त नहुने पनि स्पष्ट पारे। प्रवक्ता पौडेलले विगतको स्थानीय तह चुनावपछि गरिएको समीक्षामा प्राप्त सुझाव अनुसार नै मतपत्रको रंग हरियो राख्ने निर्णय गरिएको उल्लेख गरे।

 त्यस्तै उनले सातवटै प्रदेशमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीति दल तथा सरोकारवाला निकायसँग छलफल गरिने जानकारी दिए।

आयोगले दल दर्ताको काम सम्पन्न भइसकेको, मतदाता नामावली अद्यावधिकको काम अन्तिम चरणमा पुगेकाले मतदाता नामावली छपाई, परिचयपत्र छपाई, निर्देशिकाहरू छपाई लगायतका काम अगाडि बढाइने जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ४७ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता