खेसरहिया बजारको नाम अब ‘श्रीराम चोक’ भयो : प्रभु साह « Khabarhub

खेसरहिया बजारको नाम अब ‘श्रीराम चोक’ भयो : प्रभु साह


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले माधव नारायण नगरपालिकाको खेसरहियामा विकास भइरहेको बजारको नाम श्रीराम चोक घोषणा गरेका छन् ।

गत वर्ष गोली हानी हत्या गरिएका पुजारी श्रीराम साहको स्मृतिमा खेसरहियामा निर्मित हनुमान मन्दिर र धर्मशालाको उद्घाटन गर्दै पूर्वमन्त्री साहले सो चोकलाई श्रीराम चोक र श्रीराम बजारको रुपमा अगाडि बढिरहेको बताए । देवाही बागमती पुलबाट खेसरहिया हुँदै वीरेन्द्र राजमार्गमा जोडने सडक निर्माण अन्तिम चरणमा पुगेकोले शहरीकरण सम्भव रहेको पूर्वमन्त्री साहले घोषणा गरे ।

पूर्वमन्त्री साहले सो मन्दिर परिसरमा निर्माण भएका सबै संरचनाहरु आफ्नो निजी प्रयासमा कुनै सरकारी बजेटविना निर्माण गरिएको जनाउँदै मनमा दृढ संकल्प भ‌ए हरेक कुरा सम्भव रहेको उल्लेख गरे ‌। पुजारीकै हत्या गरिएको स्थानमा उनको सालिक, हनुमान मूर्ति स्थापना हुनु र मठ निर्माण गरेर आफुले पुजारी प्रति श्रद्धा तथा श्रद्धाञ्जली अर्पण गरेको उल्लेख गर्दै सो क्षेत्रको थप विकासको लागि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

पूर्वमन्त्री प्रभु साहको पहलमा पुजारीको हत्या गरिएको स्थानमा २ कोठे र ३ कोठे गरि २ वटा मठ र धर्मशाला भवन, पुजारीको शालिक, हनुमानको मूर्ति तथा हनुमान मन्दिर परिसरको निर्माण गरिएको हो । बिना कुनै बजेट एक करोडभन्दा बढी लागतमा सो संरचना निर्माण भएको हो ।

कार्यक्रममा सो स्थानमा लाग्ने नयाँ बजार र चौकको नाम खेसरहिया श्रीराम बजार राख्ने सार्वजनिक घोषणा गरिएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्य एवम् रौतहट जिल्ला सह इन्चार्ज उद्धव रेग्मी, कुन्दन कुशवाहा, मधेस प्रदेश उपसचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह, , जिल्ला उपाध्यक्ष दिपक राय यादव, जिल्ला सचिव बाल बिक्रम कार्की, जिल्ला उप सचिव पलट चौधरी, रुपेश पटेल, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह लगायत ठुलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ५७ बजे

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय ३३ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७

गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान

दोलखा- रसुवाको ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित प्रसिद्ध

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र