मृतक प्रहरी उर्मिलाको परिवारलाई राज्यले सहयोग गर्ने गृहमन्त्रीको बाचा « Khabarhub

मृतक प्रहरी उर्मिलाको परिवारलाई राज्यले सहयोग गर्ने गृहमन्त्रीको बाचा


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले कर्तव्य पालनाका सिलसिलामा मृत्युवरण गरेकी प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई राज्यले सहयोग गर्ने बताएका छन् ।

उर्मिलाका श्रीमान् नविन श्रेष्ठसँगको टेलिफोन संवादमा मन्त्री खाँणले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कर्तव्य पालनाका क्रममा उनको मृत्यु भएको भन्दै उनले काजकिरियाका कार्य पूरा भइसकेपछि सम्पर्कमा आउन उर्मिलाका श्रीमान् नविनसँग आग्रह गरेका छन् ।
मन्त्री खाँणले मृतक उर्मिलाप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् ।

प्रहरी जवान उर्मिलाको आइतबार मोरङको लेटाङ नगरपालिका–५ मा प्रदर्शनकारीले गरेको आक्रमणमा परी मृत्यु भएको थियो ।

स्थानीय शिक्षा विकास माद्यमिक विद्यालयकी १४ वर्षीया छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थी तथा अभिभावकले विद्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

तनाव साम्य पार्न खटिएकी प्रहरी उर्मिलाको प्रदर्शनकारीको आक्रमणमा परी मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ११ : ३२ बजे

रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता