सशस्त्रको एसएसपीमा पदोन्नति भएका सात जनालाई दर्ज्यानी चिह्न प्रदान | Khabarhub Khabarhub

सशस्त्रको एसएसपीमा पदोन्नति भएका सात जनालाई दर्ज्यानी चिह्न प्रदान


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बलको हल्चोकस्थित प्रधान कार्यालयमा भएको समारोहमा महानिरीक्षक केसीले एसएसपीमा पदाेन्नित भएका ७ जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई बधाइ दिँदै महानिरीक्षक केसीले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरूमा ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।

शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदरस्वरूप पदोन्नति प्राप्त भएको भन्दै उनले दर्जासँगै प्राप्त भएको जिम्मेवारी निर्वाहमा अझ बढी क्रियाशील रहँदै कार्यसम्पादनमा जुट्न पनि निर्देशन दिए ।

गृहमन्त्रीस्तरको वैशाख ६ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर जोशी र डा. सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ ई. प्रमोदकुमार साह, सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, कानून उपसमूहतर्फ युवराज अर्याल कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका हुन् ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायत सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १२ : ३० बजे

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

जानकी– बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी 

काठमाडौं– अहिले मंसिर महिना चलिरहेको छ । मंसिर महिनालाई धेरै

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरुबाट

क्यान्सरको उपचार गर्दा एचआईभी ठिक

सन् १९८०को दशक एचआईभी सङ्क्रमण र एड्स रोगका कारण संसार

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद– इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ