सशस्त्रको एसएसपीमा पदोन्नति भएका सात जनालाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

सशस्त्रको एसएसपीमा पदोन्नति भएका सात जनालाई दर्ज्यानी चिह्न प्रदान


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बलको हल्चोकस्थित प्रधान कार्यालयमा भएको समारोहमा महानिरीक्षक केसीले एसएसपीमा पदाेन्नित भएका ७ जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई बधाइ दिँदै महानिरीक्षक केसीले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरूमा ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।

शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदरस्वरूप पदोन्नति प्राप्त भएको भन्दै उनले दर्जासँगै प्राप्त भएको जिम्मेवारी निर्वाहमा अझ बढी क्रियाशील रहँदै कार्यसम्पादनमा जुट्न पनि निर्देशन दिए ।

गृहमन्त्रीस्तरको वैशाख ६ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर जोशी र डा. सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ ई. प्रमोदकुमार साह, सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, कानून उपसमूहतर्फ युवराज अर्याल कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका हुन् ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायत सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १२ : ३० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक