ललितपुरमा निर्वाचन कार्यालय खुले, कहाँ तोकिए मतगणना स्थल ? « Khabarhub

ललितपुरमा निर्वाचन कार्यालय खुले, कहाँ तोकिए मतगणना स्थल ?


८ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरका ६ वटै स्थानीय तहमा आजबाट निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् । जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमलाका अनुसार बुधबार नै सबै पालिकाका सरसामान पठाइएको छ ।

ललितपुर महानगरको लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा कार्यालय स्थापना गरिएको छ । महालक्ष्मी कार्यालयको इमाडोलस्थित वडा नम्बर २ को कार्यालय भवन, गोदावरी नगरपालिकाको बज्रवाराहीस्थित नवनिर्मित भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

दक्षिण ललितपुरको बागमती गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय भट्टेडाँडा छपेलीस्थित नवनिर्मित प्रशासनिक भवनमा कार्यालय स्थापना भएको छ ।

महाँकाल गाउँपालिका कार्यालय गोटिखेलस्थित वडा नम्बर ३ मा कार्यालय खडा गरिएको छ । कोञ्ज्योसोम गाउँपालिकामा भने चौघरेस्थित पहिले भएको पुरानो गाउँपालिकाको कार्यालय परिसरमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।

कहाँ-कहाँ तोकिए मतगणना स्थल

जिल्ला निर्वाचन कार्यालयले ललितपुरका सबै पालिकामा हुने मत गणनास्थलसमेत तय गरेको छ ।

ललितपुर महानगरको मतगणना जावलाखेलको स्थानीय प्रशिक्षण भवनमा मत गणना हुनेछ । गोदावरीको कुस्ले चौरस्थित वडा नम्बर ११ मा रहेको वडा कार्यालय, महालक्ष्मी नगरमा इमाडोलस्थित महेन्द्र आर्दश माविमा मत गणना हुनेछ ।

बागमती गाउँपालिकाको छपेलस्थित प्रशासकीय भवनमा मतगणना गरिनेछ भने महाँकाल गाँउपालिकाको गोटीखेलस्थित महाँकाल माविमा मत गणना गर्ने कार्यक्रम छ । कोञ्ज्योसोम गाँउपालिकाको बाघभैरव माविमा मतगणना गर्ने योजना रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १० : ०२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको