मुगुमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या « Khabarhub

मुगुमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुको एक मात्र १५ शैय्या अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । विगत चार महिनादेखि एमडीजीपी विशेषज्ञ चिकित्सक नहुँदा सामान्यदेखि जटिल खालका बिरामीको उपचारमा समस्या भएको हो ।

२०६३ सालमा स्थापना भएको अस्पताल विशेषज्ञ चिकित्सक छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट काजमा आएका विशेषज्ञ चिकित्सक सिद्धार्थ ध्वज खाती चार महिनाअघि पुनः जुम्ला फर्केपछि जिल्ला अस्पताल विशेषज्ञ चिकित्सकविहीन बन्न पुगेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

विशेषज्ञ चिकित्सक नुहुँदा शल्यक्रिया, हाईड्रोसिल, हर्निया, एपेन्डिसाइटिसजस्ता रोगबाट पीडित बिरामीहरुको उपचार गर्न समस्या भएको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले बताए ।

उनका अनुसार जिल्ला अस्पताल मुगुको लागि सर्जन, स्त्री रोग र बालरोग गरी तीनजनाको विशेषज्ञ चिकित्सकको दरबन्दी खाली छ । अस्पतालमा चार जना मेडिकल अधिकृत रहेकामा निर्मल नगरकोटी, ज्ञानेश्वर श्रेष्ठ अध्ययन बिदामा रहेका प्रमुख गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ११ : ४० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा