खोटाङमा स्थानीय निर्वाचन तयारी तीव्र, १० वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना « Khabarhub

खोटाङमा स्थानीय निर्वाचन तयारी तीव्र, १० वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै खोटाङका मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । बिहीबार जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका छन् ।

समग्र जिल्ला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नेगरी २२ दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, जिल्ला निर्वाचन अधिकारी राजेश गौतम, जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश लम्साल, सशस्त्र प्रहरी हलेसी गुल्मका डिएसपी सरोज कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको थियो । बिहीबार एकैसाथ जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश आचार्यले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय खोटाङले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पूर्वतयारी धमाधम गरिरहेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट हुने निर्वाचन गतिविधि सुरु गर्नुका साथै निर्वाचन अधिकृतको कार्यालयमा पठाउनुपर्ने निर्वाचन सामग्री पठाइसकिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था तयारी अवस्थामा राखिएको छ । निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिसकिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

‘मतदान स्थललाई दृष्टिगत गरी मोबाइल गस्ती र नेपाली सेनाको स्ट्राइकिङ बेस सुरु गरिएको छ,’ प्रजिअ दाहालले भने, ‘सुरक्षा व्यवस्थालाई भरपर्दो र मजबुत बनाइएको छ । अत्यन्त सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयार छौँ ।’

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  २ : ०३ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)