गठबन्धनको उद्देश्य नै एमाले सिध्याउने रहेको ओलीको टिप्पणी | Khabarhub Khabarhub

गठबन्धनको उद्देश्य नै एमाले सिध्याउने रहेको ओलीको टिप्पणी


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको उद्देश्य नै एमाले सिध्याउने रहेको टिप्पणी गरेका छन् ।

एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धनको एकमात्र उद्देश्य एमाले सिध्याउनेबाहेक देश बनाउने नरहेको बताएका हुन्।

त्यस्तै ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् । ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ । कोही हाप्सिलोजस्ता छन् । कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’

गठबन्धनसँगै कांग्रेस पनि सकिने ओलीको दाबी छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  २ : ४७ बजे

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३

स्पेनमा प्रधानमन्त्रीले भने- नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि

खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा

खाँदबारी– खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा १५ शय्याको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्