‘झिँगा पनि उम्किन नसक्नेगरी’ मारिउपोललाई घेराबन्दी गर्न पुटिनको निर्देशन « Khabarhub

‘झिँगा पनि उम्किन नसक्नेगरी’ मारिउपोललाई घेराबन्दी गर्न पुटिनको निर्देशन


८ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकहरूलाई रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनी शहर मारिउपोलमा आक्रमण रोक्न निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार पुटिनले आफ्ना फौजलाई मारिउपोलमा आक्रमण नगर्न निर्देशन दिएका हुन् ।

उनले आक्रमण नगरी शहरमा घेराबन्दीलाई ‘झिँगा पनि उम्कन नसक्नेगरी’ अझ मजबुत बनाउन निर्देशन दिएको बताइएको छ ।

त्यस्तै, रुसी रक्षामन्त्री सर्गेई सोइगुले एजोभस्तल औद्योगिक क्षेत्रबाहेक मारिउपोलका सबै क्षेत्रलाई ‘मुक्त गरिसकेको’ बताएका छन् । पुटिनले यसलाई ‘सफलता’ को रुपमा चित्रित गरेको एपीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध आक्रमण थालेयता रुसी सैनिक मारिउपोल शहर कब्जा गर्न प्रयासरत छन् । यसका लागि रुसले मारिउपोलमा रहेका युक्रेनी फौजलाई बारम्बार आत्मसमर्पण गर्न प्रस्ताव पनि गर्दै आएको छ ।

यद्यपि युक्रेनी पक्षले मारिउपोल शहर आत्मसमर्पण नगर्ने अडान लिँदै आएका छन् । भीषण युद्धका कारण मारिउपोल शहर भग्नावशेषमा परिणत भएको बताइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  २ : ५३ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट