मेलम्ची बाढीपहिराे पीडितलाई सुख्खायाम नसकिँदै वर्षाकाे चिन्ता « Khabarhub

मेलम्ची बाढीपहिराे पीडितलाई सुख्खायाम नसकिँदै वर्षाकाे चिन्ता


८ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढीपहिराे पीडितलाई सुख्खायाम नसकिँदै वर्षायामकाे चिन्ता लागेकाे छ । बाढी प्रभावित भएर घरबास गुमाएमा आधाभन्दा बढी नागरिकलाई जीवन गुजारा चलाउने चिन्ता सँगसँगै नजिकिँदो बर्खाले पनि पिरोल्न थालेको छ ।

मेलम्चीकी रमा धिताल भन्छिन्, ‘जग्गाको कमाइ बेचेर घर व्यवहार चलेको थियो । अहिले गुजारा गर्न धौ-धौ भएको छ । अहिले कोठा भाडामा बस्दै आएका छौँ । कमाइ गर्ने एक रोपनी खेतमा गेग्रान थुप्रिएको छ ।’ धिताल परिवारको मनमा भने कसरी गुजारा चलाउने भन्ने चिन्ता छ ।

‘आम्दानीको स्रोत पसल पनि घरसँगै बाढीमा पर्‍याे,’ चनौटेका सागर श्रेष्ठ भन्छन्,  ‘अब खाद्य संकटले सताउला भन्ने पो चिन्ता छ । बाढीले बगाएको घरको २० लाख ऋण नेपाल राष्ट्र बैंकमा तिर्न नसकेर समस्या छ ।’

बाढीले ल्याएको १७ मिटरसम्मको गेग्रान उस्तै छ । मेलम्ची नदीले पुरानै धार समाउन सकेको छैन । अब वर्षायाम सुरु हुन दुई महिना मात्र बाँकी रहँदा फेरि बाढी आए के हुने हो ? बाढी प्रभावित बाटुली श्रेष्ठको चिन्ता छ ।

खेतीयोग्य जमिन कति गुम्यो सरकारले अहिलेसम्म तथ्यांक संकलन गर्न भ्याएको छैन । पहिले घर खेत हुने ठाउँमा अहिले खोला बग्छ । बचेका बस्ती, सडक र झोलुङ्गे पुल जोगाउन स्थानीय सरकारले चासो देखाएको छैन ।

चनौटेको बेलिब्रिज बनाउने बाहेक केन्द्र सरकारले अरु काम गर्न नसकेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । गत १ असार र १६ साउनमा आएको बाढीले मेलम्ची, हेलम्बु र याङ्ग्री क्षेत्रका ७० प्रतिशत बढी नागरिक विस्थापित भए थिए । सरकारले सबै बिस्थापितलाई सुरक्षित स्थानमा घर जग्गा उपलब्ध गराउने र अस्थायी टहरामा बस्नेलाई पाँच लाख दिने भनिएको थियो । तर, जुन पूरा हुन सकेको छैन । 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ३ : ३८ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल