पाकिस्तान र श्रीलंकामा चिनियाँ लगानी जोखिममा « Khabarhub

पाकिस्तान र श्रीलंकामा चिनियाँ लगानी जोखिममा


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंका र पाकिस्तानमा जारी राजनीतिक एवम् आर्थिक संकटका कारण ती मुलुकहरुमा चिनियाँ लगानीमाथि नकारात्मक असर परेको देखिएको छ । विश्वभर चिनियाँ लगानीको निगरानी गर्दै आएको चाइना ग्लोबल इन्भेष्टमेन्ट ट्र्याकर सीजीआईटीका अनुसार चीनको श्रीलंकामा १५ अर्ब र पाकिस्तानमा ६६ अर्ब डलर बराबरको लगानी छ ।

चीनको महत्वकाङ्क्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) को काम सन् २०२५ भित्र सक्ने लक्ष्य भएपनि धेरै काम अधुरै रहेकाले त्यो सम्भव नभएको बताइएको छ ।

४६ अर्ब डलर बराबरको उक्त परियोजना स्थानीय सरकारको कमजोरी, आतंककारी आक्रमणको जोखिम, भ्रष्टाचार लगायतका कारणले अझै सम्पन्न हुन सकेको छैन ।

यही सन्दर्भमा चीनले यसमा पैसा खर्च गर्न आनाकानी गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ । यसबाहेक चीनले लगानी गरेका यस्ता परियोजनालाई लगानी उठाउन समेत हम्मे हम्मे परिरहेको जनाइएको छ ।

३० करोड डलरको लागतमा निर्मित पाकिस्तानको गोदर बन्दरगाहले अझै अपेक्षा अनुरूप लाभ प्राप्त गर्न सकेको छैन भने यसबाहेक बन्दरगाहबाट हुने आम्दानी बाँडफाँडका विषयमा पनि दुई मुलुकबीच असमझदारी देखिन्छ ।

४० वर्षसम्म उक्त बन्दरगाहबाट प्राप्त हुने आम्दानीको ९१ प्रतिशत चीनले लैजाने र बाँकी ९ प्रतिशत मात्रै गोदर पोर्ट अथोरिटीको भागमा पर्ने सन् २०१७ को फेब्रुअरी महिनामा खुलासा भएको थियो ।

श्रीलंका चिनियाँ ऋणको धरापमा परेको अर्को उदाहरण हो । हालै श्रीलंका सरकारले ३५ अर्ब डलर बराबरको विदेशी ऋण तत्काल तिर्न नसक्ने संकेत गरेको थियो । श्रीलंकाली अर्थमन्त्रालयले अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्रको ७ करोड ८० लाख डलर बराबरको ब्याज तिर्न नसकिने जनाएको थियो ।

सन् २०२२ मा श्रीलंकाले ६ अर्ब डलर भन्दा धेरै विदेशी ऋण तिर्नुपर्नेछ । यसमध्ये जुलाई महिनामा मात्रै १ अर्ब डलर तिर्नुपर्नेछ ।

श्रीलंकाली विदेशी ऋणको उल्लेखनीय हिस्सा चीनले ओगट्छ । टाइम्स अफ इण्डियाका अनुसार श्रीलंकाले चीनको चाइना डेभलपमेन्ट बैंकबाट १ अर्ब, एक्जिम बैंकबाट २ अर्ब ७० करोड र २ अर्ब ३७ करोड अन्य ऋण लिएको छ ।

यस वर्षको शुरुमा श्रीलंकाले ऋणको पुनरावलोकन गर्न चीनसमक्ष आग्रह गरेको थियो । अहिले श्रीलंकाको अवस्था अझ बिग्रिदै गएको छ ।

सन् २०१७ को डिसेम्बर महिनामा श्रीलंकाले चीनको ऋण तिर्न नसकेका कारण हम्बनटोटा बन्दरगाह नै ९९ वर्षका लागि चीनको जिम्मा लगाउनु परेको थियो । त्यसबेला चीनले श्रीलंकाबाट ८ अर्ब डलर बराबरको ऋण असुल्न बाँकी थियो ।

श्रीलंकामा चीनले लगानी गरेका परियोजनाबाट पनि लगानी उठ्न हम्मे हम्मे परिरहेको छ । सीजीआईटीका अनुसार चीनले श्रीलंकाका विभिन्न ४१ परियोजनामा १५ अर्ब डलरको लगानी गरेको छ । यिमध्ये ६ अर्ब डलर श्रीलंकाको यातायात पूर्वाधारमा मात्रै लगानी गरिएको छ ।

श्रीलंकाले ऋण तिर्न नसकिरहेको अवस्थामा पाकिस्तानले पनि चिनियाँ ऋण तिर्न ढिला गर्न थालेको छ । पाकिस्तानले चिनियाँ बैंकबाट प्राप्त ऋणको ब्याजदर पनि समायोजन गर्दै आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ४ : ३४ बजे

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

राष्ट्रिय सहमति बिना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न सक्दैन : नेकपा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले राष्ट्रिय सहमति बिना संविधान संशोधनको

अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको इरानको आरोप

एजेन्सी – इरानले संयुक्त राज्य अमेरिकाले गरेको भनिएको पछिल्लो सैन्य आक्रमणको