सुदूरपश्चिमको लामो संघर्षले लुम्बिनीको तेस्रो विकेट गुम्यो, आउट भए कप्तान रोहित « Khabarhub

सुदूरपश्चिमको लामो संघर्षले लुम्बिनीको तेस्रो विकेट गुम्यो, आउट भए कप्तान रोहित


११ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सको विकेट तेस्रो विकेटका रुपमा कप्तान  रोहित पौडेल आउट भएका छन् । 

१४ ओभरको पहिला बलमा रोहित हर्मित सिंहको बलमा क्याच आउट भएका हुन् । उनले ३६ बलमा ३५ रन जोडे । 

लुम्बिनी खेल १४ ओभरमा पुग्दा २ विकेटको क्षतिमा १०३ रनको अवस्थामा छ । सुदूरपश्चिमले पछिल्लो ८ ओभरमा विकेट लिन सकेको छैन ।

तेस्रो विकेटका लागि सुदूरपश्चिमले लामो संघर्ष गरेको थियो । दोस्रो विकेट गएको ८ ओभरपछि तेस्रो विकेट गएको हो । 

यसअघि ६ ओभरको तेस्रो बलमा ओपनर सुमित महर्जन दोस्रो विकेटका रुपमा आउट भएका थिए ।  १८ रन जोडेर आउट भए । १४ बलमा सामना गरेका उनले ३ चौका प्रहार गरे । 

सुमित सुदूरपश्चिमकाका हर्मित सिंहको एलबीडब्ल्यू धरापमा परेका हुन् । 

लुम्बिनीले पहिलो विकेटका रुपमा डीआर्सी सर्टलाई गुमाएको हो । उनी २ ओभरको पाँचौ बलमा हेमन्त धामीको बलमा बोल्ट भएका हुन् । ११ बल खेलेका सर्टले ४ चौका प्रहार गर्दै १८ रन बनाए । 

कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिलो बलिङ रोजेको हो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १२ : ५४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली