रेशम चौधरी निर्दोष छन् : अध्यक्ष प्रचण्ड | Khabarhub Khabarhub

रेशम चौधरी निर्दोष छन् : अध्यक्ष प्रचण्ड


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् ।

एक नाबालकसहित ८ सुरक्षा कर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । तर, बिहीबार कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने रेशम निर्दोष रहेको बताएका हुन् ।

माओवादी केन्द्रले कैलालीको गौरीगंगा नगरपालिका स्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘रेशम चौधरीको टिकापुर घटनामा कुनै संलग्नता छैन, उनी निर्दोष छन्, तर उनलाई फसाइएको छ ।’

स्थानीय तह निर्वाचनको मुखमा प्रचण्डले रेशम निर्दोष रहेको भन्दै थारु मतदातालाई प्रभावित पार्न खोजेका हुन् । तर माओवादी केन्द्रकै समर्थनमा बनेको सरकार भने सरकार गठन भएको १० महिना सम्म पनि सो विषयमा मौन छ ।

अध्यक्ष प्रचण्डले रेशम चौधरी निर्दोष रहेको भन्दै उनका विषयमा एक दुई दिनमै सरकारसँग गम्भीर रुपमा छलफल गर्ने बताए । ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘दोस्रो चोटि प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ, त्यतिबेला मिडियामा ठूलो आलोचना भएको थियो, मैले रेशमलाई भेट्न नहुने केही कारण छैन, मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु भित्र पनि भेट्न सक्छु ।’

बुधबार मात्रै आफ्नो सचिवालयमार्फत रेशम चौधरीसँग कुरा भएको बताउँदै प्रचण्डले रेशमको समस्या समाधान गर्न सरकारसँग एक, दुई दिनमै गम्भीर रुपमा कुरा हुने बताए । उनले टिकापुर घटनाले ठूलो असर पारेको बताए ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकार गठन हुँदा टिकापुर घटनाका बारेमा सरकारले अध्ययन गरेको ‘लाल आयोग’ को प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेको थियो । तर अहिले सम्म आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ६ : २४ बजे

हमासले भोलि थप तीन बन्दीलाई छाड्ने

एजेन्सी – प्यालेस्टाइनको गाजापट्टीमा सक्रिय लडाकु समूह हमासले इजरायलबाट नियन्त्रणमा

रविलाई पौने तीन करोड जुट्दा उनकै कार्यकर्ता एक लाख धरौटी बुझाउन नसकेर जेल चलान

काठमाडौं – सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा मुद्दा खेपिरहेका राष्ट्रिय

पोखरा भ्रमण वर्ष घोषणा फागुन पहिलो साता

कास्की – पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह

नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

काठमाडौं – नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई

शान्तिश्रीको ‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत

काठमाडौं – ‘अरेली काँडैले’ गीत युट्युबमा १० करोड भ्युज पाउने