मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने | Khabarhub Khabarhub

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ ।

कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसईई परीक्षा यसवर्ष परीक्षा केन्द्र तोकेर सञ्चालन गर्न लागेको हो ।

मकवानपुरबाट एसईईमा १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी सहभागी हुनेछन् । परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मकवानपुरमा २४ वटा केन्द्रहरू तोकिएको छ । मकवानपुरका १० वटा पालिकामध्ये ८ वटा पालिकामा परीक्षा केन्द्र तोकिएको छ । बागमती गाउँपालिकामा तोकिएको परीक्षा केन्द्र जनता माविमा १ सय ८८ जना परीक्षार्थी परीक्षामा सामेल हुनेछन् ।

बकैयाको बुद्ध माविमा ३ सय ८० र महेन्द्र माविमा २ सय ३२ जना परीक्षार्थीले परीक्षा दिनेछन् । हेटौंडाको हटियामा रहेको जनप्रिय माविमा २ सय ९९, भीमफेदीमा रहेका महेन्द्र माविमा १ सय ८१, थाहानगरको पालुङमा रहेको जनकल्याण माविमा २ सय ८२, पालुङकै मच्छेनारायण माविमा १ सय ८८ जनाले परीक्षा दिँदैछन् ।

यसैगरी मार्खुमा रहेको सरस्वती बालबोधिनी माविमा १ सय ४३ जना, मनहरीको राष्ट्रिय रोटरी माविमा ४ सय ४८ जना, मनहरीकै महेन्द्र किरण माविमा ३ सय ९१ जनाले परीक्षा दिनेछन् । हेटौंडाको बसामाडीमा रहेको महेन्द्र किरण माविमा २ सय ९२ जना, बस्तीपुरमा रहेको निर्मल माविमा ३ सय ४५ जना, चौघडामा रहेको वंशगोपाल माविमा ३ सय ८ जनाले परीक्षा दिनेछन् ।

हेटौंडाको आधुनिक राष्ट्रिय माविमा ३ सय ९८ जना, हेटौंडाकै बालज्योति माविमा ३ सय ११ जना, ज्ञानदा माविमा १ सय ९८ जना, भुटनदेवी माविमा ३ सय ५६ जना, सिद्धार्थ माविमा ३ सय ६६ जना, जीएस निकेतनमा ३ सय ५१ जना, सोलड्यारिटी बोर्डिङ स्कुलमा ४ सय २५ जना, प्रगति माविमा ३ सय ५३ जनाले परीक्षा दिनेछन् ।

थाहा नगरको वज्रवाराही माविमा २ सय ५६ जना, हेटौँडाको अमर माविमा २ सय ६५ जना र मकवानपुरगढीको भानु माविमा १ सय ८२ जना विद्यार्थी परीक्षामा सहभागी हुने जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ७ : ३८ बजे

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको