दार्चुलामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप « Khabarhub

दार्चुलामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप


८ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

शान्तिपूर्ण र्‍याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले आरोप लगाए ।

झडपमा एमालेका केही कार्यकर्ता घाइते भएको र गाडीका सिसा फुटाइएको पनि विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ ।

प्रहरीले भने यो घटनालाई सामान्य विवाद भएको बताएको छ । नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुब्र विष्टले बताए ।

विवादका क्रममा एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको उनले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ८ : २२ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा