वीरगञ्जमा राजेशमानको अग्रता उस्तै, उपमेयरमा कांग्रेस अगाडि « Khabarhub

वीरगञ्जमा राजेशमानको अग्रता उस्तै, उपमेयरमा कांग्रेस अगाडि


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगन्ज महानगरपालिकामा शनिबार बिहान ७ बजेसम्म ५० हजार ४३ मत गणना सकिएको छ।

निवर्तमान मेयर विजयकुमार सरावगीलाई सुरु देखिनै दोब्बर मतले पछि पर्दै आएका गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादीका उम्मेदवार राजेशमान सिंहले २६ हजार ५८ मत ल्याएका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सरावगीको १३ हजार ५०८ मत मात्रै आएको छ । उनी फागुन अन्तिममा मात्रै नेकपा एमालेमा प्रवेश गरेका थिए । त्यसपछि यस निर्वाचनमा एमालेले उनलाई नै नगर प्रमुखको उम्मेदवार बनाएको हो । राप्रपाका गिरिश गिरीको भने एक हजार ६२९ मत छ ।

उममेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका इम्तियाज आलमले १८ हजार ४६ र लोसपाका पुरुषोत्तमलाल झाले ४ हजार र राप्रपाका विना जयसवालले २९४० मत पाएका छन् ।

हालसम्म महानगरपालिकाका १७ वडाको मत गणना सम्पन्न भएको छ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ७ : ४० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६