साउदीको जेद्धामा ५५ नेपाली युवा अलपत्र, म्यानपावरले गरेन पहल « Khabarhub

साउदीको जेद्धामा ५५ नेपाली युवा अलपत्र, म्यानपावरले गरेन पहल



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करीब ६ महिनाअघि त्यहाँ पुगेका थिए ।

काठमाडौँको गौरीघाटमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर साउदी अरबको जेद्धास्थित युनियन कन्याक्टर नामको कम्पनीमा भनेर गएकाहरु म्यानपावरले सम्झौतामा उल्लेख गरेको कम्पनी नभेटेपछि अलपत्र परेका हुन् ।

‘हामीलाई म्यानपावरले युनियन कन्याक्टर भन्ने कम्पनीको लागि भनेर यहाँ पठाएको थियो, तर, यहाँ आएपछि सम्झौतामा उल्लेख गरिएको कम्पनी भेटिएन ,’ पिडितमध्यका एक सागर तामाङले भने, ‘अर्कै कुनै एक कम्पनीमा केही साथीहरूलाई तीन महिना जति काममा लगायो, कोही साथीहरुले यहाँ आएको ६ महिना भयो एक दिन पनि काम गर्नुभएको छैन।’

तीन महिना काम गरेकाहरुले पनि तलब नपाएको र पछिल्लो तीन महिनादेखि क्याम्पमै बसिरहेको उनीहरूले बताएका छन् । लामो समयदेखि कामविहीन भएर बस्नुपर्दा खानाको लागि पैसा नभएकोले कति दिन भोकै बस्नु परेको उनीहरूले दुखेसो पोखे ।

आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उद्धारका लागि विभिन्न निकायहरूलाई अनुरोध गरिरहेको भए पनि अहिलेसम्म कतैबाट पहल भएको छैन । जेद्धामा रहेको नेपाली महाबाणिज्य दूतावासका प्रतिनिधिहरुले पनि उनीहरुलाई भेटेर सहयोग गर्ने आश्वासन दिए तर पुरा गरेनन् ।

म्यानपावरको जवाफ यस्तो छ
पिडितहरुसँगको कुराकानीमा यात्रा सोलुशन प्रालिका प्रतिनिधि भनिएका इमान लामाले असभ्य भाषामा पहिले काम गरेको कम्पनीले पनि तलब दिएको र अहिले कामविहीन भएर बसेको बेला पनि तलब दिने बताएका छन् । म्यानपावरका सञ्चालक भनिएका दिनेश केसीलाई खबरहबले सम्पर्क गर्दा भने केही बोल्न चाहेनन् ।

उनले काम गर्न गएकाहरुलाई नियमित काम गर्न सुझाएका छन् । पिडितहरुले भने म्यानपावरका सञ्चालक दिनेश आफूहरुसँग कुरा गर्न समेत तयार नभएको उनीहरुको आरोप छ । म्यानपावरले सहयोग नगरेको कारण बाध्य भएर मिडिया जान परेको बताएका छन् ।

पछिल्लो केही दिनअघि समस्यामा परेको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा हालेपछि खाद्यान्नलगायत राहत सामाग्री आउन थालेको उनीहरूले बताएका छन् ।

हातेमालो युवा क्लबको सहयोग 

जेद्धामा ५५ नेपाली युवा अलपत्र परेको जानकारी पाएपछि हातेमालो युवा क्लब टिमलगायत अन्य विभिन्न सहयोगी दाताहरुले राहत स्वरूप खाद्यान्न सहयोग गरिरहेका छन् ।

विदेश पुगेर समस्यामा पर्नुभन्दा जानु पूर्व नै काम गर्ने कम्पनी, सेवा सुविधा, आउन सक्ने चुनौती आदीबारे बुझेर मात्र गए यस्ता समस्या भोग्नु नपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन्।

 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ९ : २० बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ