बरहथवा -४ मा गोलाप्रथाबाट छानिए वडाध्यक्ष « Khabarhub

बरहथवा -४ मा गोलाप्रथाबाट छानिए वडाध्यक्ष


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – बरहथवा नगरपालिका-४ मा गोलाप्रथाबाट वडाध्यक्ष चयन गरिएको छ । १ हजार ७५ मतदाता रहेको वडामा ९ सय २४ मत खसेको थियो ।

जहाँ नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार लखेन्द्र महतो र नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार शाहले समान मत ३ सय ४ ल्याएका थिए । वडामा दुई उम्मेदवारको समान मत आएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथाबाट वडाध्यक्ष चयन गरेको हो ।

समान मत आएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथा गर्ने निर्णय गरेको थियो । गोलाप्रथाबाट निर्णय हुँदा साह निर्वाचित भएको बरहथवा निर्वाचन कार्यालयका अधिकृत दशरथ पंगेनीले जानकारी दिए । सोही वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार घनश्याम शाहले २ सय ८९ मत, जनता समाजवादी पार्टीका श्यामबाबु गिरीले ३९ र जनमत पार्टीका सुखल साह तेलीले ६ मत प्राप्त गरेका थिए ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १० : ५४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको