इश्वरपुर मेयरमा नेपाली कांग्रेसका मनोज निर्वाचित « Khabarhub

इश्वरपुर मेयरमा नेपाली कांग्रेसका मनोज निर्वाचित


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – ईश्वरपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारहरु फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् ।

मेयरमा मनोज कुमार आचार्य र उपमेयरमा रंजित देवी चौधरी विजयी भएकी हुन् । मेयरमा निर्वाचित आचार्यले ८ हजार ४ सय ८० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान मेयर नेकपा एमालेका मनोज कुमार देवकोटाले ५ हजार ९ सय ६० मत मात्र प्राप्त गरे ।

नेकपा माओवादी केन्द्रका जय प्रकाश चौधरीले ४ हजार ८ सय ३६ मत र लोसपाका नागेश्वर महतोले २ हजार ७ सय २८ मत प्राप्त गरे।

उपमेयरमा कांग्रेसकी रंजिता देवी चौधरीले ८ हजार २ सय ६८ मत ल्याउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपमेयर एमालेकी एकावती देवी चौधरीले ६ हजार ३ सय ५३ मत मात्र ल्याइन् ।

माओवादी केन्द्रकी भिष कुमारी विश्वकर्माले ३ हजार ९ सय ४, लोसपाकी मोहर देवी साह तेलीले २ हजार ८ सय ४ मत प्राप्त गरिन् । योसहित सर्लाही जिल्लामा नेपाली कांग्रेसले २० पालिका मध्ये १२ पालिकामा आफ्नो उम्मेदवारलाई निर्वाचित गराउन सफल भएको छ ।

इश्वरपुर नगरपालिकाको वडाको नतिजा
वडा नम्बर १ मा नेकपा एमालेका धर्मेन्द्र राय यादव – ५ सय ९६ मत
वडा नम्बर २ मा नेकपा एमालेका सुरेन्द्र बहादुर कार्की – ५ सय ६४ मत
वडा नम्बर ३ मा नेकपा एमालेका विश्वनाथ सहनी मलाह – ५ सय ३१ मत
वडा नम्बर ४ मा नेपाली कांग्रेसका प्रेम कुमार थिंग तामाङ – ७ सय ८६ मत
वडा नम्बर ५ मा जसपाका पंची महतो – ८ सय २९ मत
वडा नम्बर ६ मा नेकपा एमालेका महमद रहमद अन्सारी – ६ सय ७२ मत
वडा नम्बर ७ मा नेपाली कांग्रेसका नाथुराम चौधरी – ५ सय ५२ मत
वडा नम्बर ८ मा नेपाली कांग्रेसका श्याम बहादुर थापा – ५ सय ५७ मत
वडा नम्बर ९ मा नेपाली कांग्रेसका नन्द लाल चौधरी – ४ सय ७१ मत
वडा नम्बर १० मा नेपाली कांग्रेसका रास नारायण चौधरी – ३ सय ८७ मत
वडा नम्बर ११ मा लोसपाका राम दुलार साह – ४ सय ६ मत
वडा नम्बर १२ मा नेकपा एमालेका देवी बहादुर खत्री – ८ सय १ मत
वडा नम्बर १३ मा नेकपा एमालेका तिल बहादुर तामाङ – ५ सय ८९ मत
वडा नम्बर १४ मा नेकपा माओवादी केन्द्रका सिट कुमार महतो कोइरी – ६ सय ४६ मत
वडा नम्बर १५ मा नेपाली कांग्रेसका उमेश कुमार चौधरी – ७ सय ९८ मत

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ११ : ०६ बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क