इश्वरपुर मेयरमा नेपाली कांग्रेसका मनोज निर्वाचित « Khabarhub

इश्वरपुर मेयरमा नेपाली कांग्रेसका मनोज निर्वाचित


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सर्लाही – ईश्वरपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारहरु फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् ।

मेयरमा मनोज कुमार आचार्य र उपमेयरमा रंजित देवी चौधरी विजयी भएकी हुन् । मेयरमा निर्वाचित आचार्यले ८ हजार ४ सय ८० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान मेयर नेकपा एमालेका मनोज कुमार देवकोटाले ५ हजार ९ सय ६० मत मात्र प्राप्त गरे ।

नेकपा माओवादी केन्द्रका जय प्रकाश चौधरीले ४ हजार ८ सय ३६ मत र लोसपाका नागेश्वर महतोले २ हजार ७ सय २८ मत प्राप्त गरे।

उपमेयरमा कांग्रेसकी रंजिता देवी चौधरीले ८ हजार २ सय ६८ मत ल्याउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपमेयर एमालेकी एकावती देवी चौधरीले ६ हजार ३ सय ५३ मत मात्र ल्याइन् ।

माओवादी केन्द्रकी भिष कुमारी विश्वकर्माले ३ हजार ९ सय ४, लोसपाकी मोहर देवी साह तेलीले २ हजार ८ सय ४ मत प्राप्त गरिन् । योसहित सर्लाही जिल्लामा नेपाली कांग्रेसले २० पालिका मध्ये १२ पालिकामा आफ्नो उम्मेदवारलाई निर्वाचित गराउन सफल भएको छ ।

इश्वरपुर नगरपालिकाको वडाको नतिजा
वडा नम्बर १ मा नेकपा एमालेका धर्मेन्द्र राय यादव – ५ सय ९६ मत
वडा नम्बर २ मा नेकपा एमालेका सुरेन्द्र बहादुर कार्की – ५ सय ६४ मत
वडा नम्बर ३ मा नेकपा एमालेका विश्वनाथ सहनी मलाह – ५ सय ३१ मत
वडा नम्बर ४ मा नेपाली कांग्रेसका प्रेम कुमार थिंग तामाङ – ७ सय ८६ मत
वडा नम्बर ५ मा जसपाका पंची महतो – ८ सय २९ मत
वडा नम्बर ६ मा नेकपा एमालेका महमद रहमद अन्सारी – ६ सय ७२ मत
वडा नम्बर ७ मा नेपाली कांग्रेसका नाथुराम चौधरी – ५ सय ५२ मत
वडा नम्बर ८ मा नेपाली कांग्रेसका श्याम बहादुर थापा – ५ सय ५७ मत
वडा नम्बर ९ मा नेपाली कांग्रेसका नन्द लाल चौधरी – ४ सय ७१ मत
वडा नम्बर १० मा नेपाली कांग्रेसका रास नारायण चौधरी – ३ सय ८७ मत
वडा नम्बर ११ मा लोसपाका राम दुलार साह – ४ सय ६ मत
वडा नम्बर १२ मा नेकपा एमालेका देवी बहादुर खत्री – ८ सय १ मत
वडा नम्बर १३ मा नेकपा एमालेका तिल बहादुर तामाङ – ५ सय ८९ मत
वडा नम्बर १४ मा नेकपा माओवादी केन्द्रका सिट कुमार महतो कोइरी – ६ सय ४६ मत
वडा नम्बर १५ मा नेपाली कांग्रेसका उमेश कुमार चौधरी – ७ सय ९८ मत

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ११ : ०६ बजे

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको