पुस्तक ‘वार्षिक पर्वमाला’ प्रकाशित « Khabarhub

पुस्तक ‘वार्षिक पर्वमाला’ प्रकाशित


७ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पण्डित हरिहर पोखरेलको तेस्रो कृति ‘वार्षिक पर्वमाला’ प्रकाशित भएको छ ।

यसअघि ‘विशद् चिन्तन’ र ‘भजनसुधा’ प्रकाशित गरिसकेका उनले परम्परादेखि सौर्य र चन्द्रमानअनुसार वर्षभरि मनाउँदै आइएका महत्वपूर्ण चाडपर्वका सम्बन्धमा बुझ्न चाहने जिज्ञासुलाई उपयोग हुने गरी यो पुस्तक प्रकाशनमा ल्याएका हुन् ।

वर्तमान व्यस्त जीवनशैलीका कारण नितान्त गर्नैपर्ने कर्ममा पनि सन्ततिहरुबाट कता कता कन्ज्युस्याइँ गरेको देख्दा तिनलाई सम्झाइबुझाई आफ्नो संस्कृति र परम्पराको गरिमा अभिवृद्धि गर्नु यो पुस्तकको उद्देश्य रहेको लेखकको भनाइ छ ।

दुई सय आठ पृष्ठ लामो यस पुस्तकमा नववर्ष तथा मेष सङ्क्रान्ति पर्व एवं विस्काजात्रा, मातातीर्थ औंसी, अक्षय तृतीया, परशुराम जयन्ती, आद्यगुरु शङ्कराचार्य जयन्ती, गङ्गा सप्तमी, सीता जयन्ती, नृसिंह चतुर्दशी, बुद्ध जयन्ती, गोरखनाथ जयन्तीलगायत ७३ पर्वका बारेमा चर्चा गरिएको छ ।

ललितपुरको लामाटारस्थित निवृत्त राष्ट्रसेवक समूहको आयोजनामा भएको कार्यक्रममा निवृत्त राष्ट्रसेवकहरु बद्रीनाथ शर्मा पौडेल, शिवराम पौडेल र किशोर पौडेललगायतले संयुक्तरूपमा उक्त पुस्तक लोकार्पण गरेका हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १२ : २४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४