पुस्तक ‘वार्षिक पर्वमाला’ प्रकाशित « Khabarhub

पुस्तक ‘वार्षिक पर्वमाला’ प्रकाशित


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पण्डित हरिहर पोखरेलको तेस्रो कृति ‘वार्षिक पर्वमाला’ प्रकाशित भएको छ ।

यसअघि ‘विशद् चिन्तन’ र ‘भजनसुधा’ प्रकाशित गरिसकेका उनले परम्परादेखि सौर्य र चन्द्रमानअनुसार वर्षभरि मनाउँदै आइएका महत्वपूर्ण चाडपर्वका सम्बन्धमा बुझ्न चाहने जिज्ञासुलाई उपयोग हुने गरी यो पुस्तक प्रकाशनमा ल्याएका हुन् ।

वर्तमान व्यस्त जीवनशैलीका कारण नितान्त गर्नैपर्ने कर्ममा पनि सन्ततिहरुबाट कता कता कन्ज्युस्याइँ गरेको देख्दा तिनलाई सम्झाइबुझाई आफ्नो संस्कृति र परम्पराको गरिमा अभिवृद्धि गर्नु यो पुस्तकको उद्देश्य रहेको लेखकको भनाइ छ ।

दुई सय आठ पृष्ठ लामो यस पुस्तकमा नववर्ष तथा मेष सङ्क्रान्ति पर्व एवं विस्काजात्रा, मातातीर्थ औंसी, अक्षय तृतीया, परशुराम जयन्ती, आद्यगुरु शङ्कराचार्य जयन्ती, गङ्गा सप्तमी, सीता जयन्ती, नृसिंह चतुर्दशी, बुद्ध जयन्ती, गोरखनाथ जयन्तीलगायत ७३ पर्वका बारेमा चर्चा गरिएको छ ।

ललितपुरको लामाटारस्थित निवृत्त राष्ट्रसेवक समूहको आयोजनामा भएको कार्यक्रममा निवृत्त राष्ट्रसेवकहरु बद्रीनाथ शर्मा पौडेल, शिवराम पौडेल र किशोर पौडेललगायतले संयुक्तरूपमा उक्त पुस्तक लोकार्पण गरेका हुन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १२ : २४ बजे

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई