महोत्तरीको गौशालामा जसपा विजयी « Khabarhub

महोत्तरीको गौशालामा जसपा विजयी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । 

आज सम्पन्न मतगणना परिणामअनुसार प्रमुखमा आठ हजार ७९९ मतका साथ डा दीपेन्द्रकुमार सिंह र उपप्रमुखमा आठ हजार ४५५ मत प्राप्त गरी रेणुकुमारी महतो निर्वाचित भएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

प्रमुख र उपप्रमुख दुवै पदमा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका छन् । प्रमुखमा विष्णु योञ्जन लामाले पाँच हजार ६२७ र उपप्रमुखमा जनक दुलारी साहले पाँच हजार ४९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले पुष्टि गरे ।

गौशालासँगै अब परिणाम घोषणा भएका स्थानीय तहको सङ्ख्या जिल्लामा १३ पुगेको छ । जिल्लामा अब जलेश्वर र भंगाहा भङ्गाहा नगरपालिकाको मात्र परिणाम घोषणा हुन बाँकी रहेको छ ।

 गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन भएपछि आज एक सातापछि गौशालाको परिणाम घोषणा भएको हो ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १ : २९ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक