भारतको आसाममा ५ सय बाढी पीडित परिवार रेलको ट्रयाकमा बस्न बाध्य | Khabarhub Khabarhub

भारतको आसाममा ५ सय बाढी पीडित परिवार रेलको ट्रयाकमा बस्न बाध्य


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको आसाम राज्यमा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको ट्रयाकमा बस्न बाध्य भएका छन् ।

बाढीको पानीले नडुबेको जमुनामुख जिल्लाका गाउँका मानिसहरू ट्रयाकमा बस्न बाध्य भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

हालै भीषण वर्षापछि आएको बाढी र पहिरोले उनीहरूको घर बगाएको भारतको वान इण्डिया अनलाइन समाचार पोर्टलले जनाएको छ ।

बाढी सबै बगाइदिएपछि चङ्गजुराई र पाटिया पथर गाउँका मानिस अलपत्र परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्रिपालमुनि अस्थायी आवासमा शरण लिएका गाउँलेहरु विगत पाँच दिनदेखि प्रदेश सरकार र जिल्ला प्रशासनबाट खासै सहयोग नपाएको गुनासो गरेका छन् ।

बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित भएका छन् । प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट अरु हजारौँ मानिस विस्थापित छन् ।

बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्लाका दुई लाख भन्दाबढी प्रभावित भएको जनाइएको छ ।। बाढीमा ज्यान गुमाएका पीडितका परिवारलाई सरकारले जनही ४ लाख दिने यसअघि नै घोषणा गरिसकेको छ ।

 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  २ : ४६ बजे

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको

पञ्जावमाथि चेन्नई २८ रनले विजयी

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले पञ्जाव

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा

काठमाडौं । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ