‘पहिले गरेको मेहनतको फल अहिले पाइरहेको छु’ « Khabarhub

‘पहिले गरेको मेहनतको फल अहिले पाइरहेको छु’


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता दीलिप रायमाझीको नृत्यको चर्चा कुनै समय निकै हुन्थ्यो । 

५० को दशकमा उनको नृत्यलाई नरुचाउने नेपाली फिल्म प्रेमी कमै थिए । डान्सर हुँदै फिल्मको अभिनेता बनेका दीलिपले आफूलाई नृत्यसँगै अभिनयमा पनि बलियो बनाए । रोमान्टिक हिरो, डान्सिङ गीत भएपछि त्यो समयमा दीलिप सबैको रोजाइ बन्थे । एक दिनमै उनी ३-४ वटासम्म फिल्मको छायांकन गर्ने दीलिप हिजोआज फिल्मको अभिनय भन्दा पनि रियालिटी शोका कारण चर्चामा छन् ।

उनलाई ‘डान्सिङ शो’ मा जज बन्ने अफर आउँछ । अहिलेको पुस्ताले भन्दा पनि अघिल्लो पुस्ता उनको डान्सलाई रुचाउनेमा पर्छन् । त्यही कारण आफू पछिल्लो समय रियालिटी शो मा देखा परिरहेको दीलिपले बताए ।

 ‘पहिले गरेको कामले नै अहिले अरुको क्षमतालाई निर्णय गर्न सक्ने निर्णायक बनाएको छ । दशक अगाडि गरेको मेहनतको ब्याज अहिले पाइरहेको छु जस्तो लाग्छ’ दीलिपले भने । जजको कुर्सीमा बस्दा पनि सानोतिनो अभिनय गर्नु पर्ने बताउँदै उनले यसलाई आफ्नो सौभाग्य ठानेका छन् । ‘कुनै समय मैले गरेको मेहनत, देखाएको क्षमताले अहिले यो स्थान र काम पाएको छु ।

म सकेसम्म कसैलाई अन्याय नगरु भन्ने लाग्छ । किनकी मेहनतको फल नपाउँदा भोग्ने पीडालाई मैले स्ट्रगलको दिनमा नजिकबाट नियालेको छु’ दीलिपले भने ।  ‘बुगी उगी’, ‘डान्सिङ स्टार नेपाल’, ‘मेरो डान्स कप’ जस्ता डान्स रियालिटी शो मा उनले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  २ : ५४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल