खरिपाटीको दुई सय वर्ष पुरानो मन्दिर पुननिर्माणको पर्खाइमा | Khabarhub Khabarhub

खरिपाटीको दुई सय वर्ष पुरानो मन्दिर पुननिर्माणको पर्खाइमा


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनर्निमाण हुन नसकेर ओझेलमा परेको छ । लगभग दुई सय वर्षभन्दा बढी पुरानो मानिएको यो मन्दिर भूकम्पपछि कुनै किसिमको जगेर्ना हुन सकेको छैन् । 

स्थानीय निकायको निर्वाचनपछि धेरै ठाउँमा धेरै विकासको काम भए पनि यहाँको यो मन्दिर पुनर्निमाणको पर्खाइमा छ । भत्किएर मन्दिरको स्वरुप नै बिग्रिएको छ ।

परम्परादेखि कृष्ण जन्माष्टमीमा चल्दै आएको ९ मुरी, ९ पाथी, ९ माना र ९ मुठी चामलको भतेर खुवाउने चलन यहाँ थियो । तर, केही समय अगाडि १/१ माना चामल भए पनि वितरण गरिएको थियो । 

तर, हाल यो कार्य स्थगित भई मन्दिर बेवारिसे अवस्था रहेको स्थानीयले बताए । गुठीसँग समन्वय गरी मन्दिरको पुनर्निमाणका लागि नयाँ निर्वाचित स्थानीय जनप्रतिनिधि पहल गर्ने आशा स्थानीय विन्दु घिमिरेले गरे ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ३ : २४ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार