गठबन्धन मूलभूतरूपमा सफल : अध्यक्ष दाहाल « Khabarhub

गठबन्धन मूलभूतरूपमा सफल : अध्यक्ष दाहाल


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरूपमा सफल भएको बताएका छन् ।

उनले मध्यपुरथिमीमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थपे, “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको हो, मूलभूतरूपमा गठबन्धन सफल भएको हो । ‘उनले यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दल दृढ रहेको बताए । मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई आज आफ्नै निवास खुमलटारमा बधाई दिँदै उनले गठबन्धनलाई निरन्तर अगाडि बढाउने विश्वास दिलाए ।

उनले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने संकल्प गर्ने बेला भएको उल्लेख गरे । अध्यक्ष दाहालले भने, “निर्वाचन अघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर गएका थिए, अहिले जितेर आउनु भएकोमा तपाईंहरू सबैलाई बधाई र कार्यकालको शुभकामना छ ।” उनले मध्यपुरथिमि भक्तपुरको एउटा ऐतिहासिक नगर भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिंगो भक्तपुरमा पर्ने बताए । 

मध्यपुरथिमीमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको धारणा थियो । ‘त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचनालगायतका तपाईँहरूका काम कारबाहीको प्रभाव सिंगै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईंहरू आउनुभएको छ’, अध्यक्ष दाहालले भने । उनले विजयी जनप्रतिनिधिलाई अब राम्रो काम गर्ने चुनौति रहेकातर्फ सचेत पनि गराए ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरी प्रमुखमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मदन सुन्दर श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गरे । उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी उत्तरा नेपालले आठ हजार ९८३ मत प्राप्त गरे ।

कूल नौ वडा रहेको सो नगरपालिकामा ४१ हजार ८४२ मतदाता थिए । कूल १७ मतदान केन्द्र रहेको मध्यपुरथिमीमा गठबन्धनका तर्फबाट विजयी उम्मेदवारले जनपक्षीय काम गर्ने प्रतिबद्धतासमेत जनाए । 

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ५ : ४२ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल