किन जेल गए सिद्धु ?  « Khabarhub

किन जेल गए सिद्धु ? 


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका सिद्धुलाई एक वर्षको जेल सजाय सुनाए लगत्तै जेल गएका छन् । 

३४ वर्षको एक घटना, जसले सिद्धुलाई जेल पुर्‍याएको हो । घटना सन् १९८८ डिसेम्बर २७ को दिन गाडी पार्किङ गर्ने निहुँमा सिद्धुको झगडा गुरनाम सिंहसँग भएको थियो,। उनी अस्पताल भर्ना भए । उपचारकै क्रममा ६५ वर्षीय गुरनाम सिंहको मृत्यु भयो । त्यसबेला जिल्ला अदालतले उनलाई गैर नियतवश भएको हत्या भन्दै निर्दोष ठहर गरेको थियो । तर, उच्च न्यायालयले उनलाई दोषी ठहर्‍याएर तीन वर्षको जेल सजाय सुनायो । सर्वोच्चले सन् २०१८ मा सिद्धुलाई निर्दोष सावित गरेको थियो । तर, पीडित परिवारले यस विरुद्ध फेरी अपील दायर गरे । अन्ततः सिद्धुलाई दोषी ठहर्‍याउँदै एक वर्षको जेल सजाय सुनाइएको हो ।

सिद्धुले शुक्रबार साँझ पाटियाला सेन्टर जेल सेशन कोर्टमा आत्मसमर्पण गरेका थिए । त्यहाँ स्वास्थ्य जाँच गरेपछि उनलाई जेल पठाइएको हो । त्यसअघि उनलाई पुस्तकालय परिसरमा राखिएको थियो । तर, पछि कैदी नम्बर तोकेर ब्यारेक नम्बर १० मा राखिएको छ । त्यहाँ उनी सिमेन्टले बनेको पलङमा सुत्नुपर्नेछ । 

अदालतको फैसला लगत्तै सिद्धुले ट्विट गर्दै प्रतिक्रिया दिएका थिए । उनले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : ४७ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक