ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए नयाँ कलेज चलाउँछौं : मेयर प्रजापति | Khabarhub Khabarhub

ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए नयाँ कलेज चलाउँछौं : मेयर प्रजापति


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले ख्व्प विश्वविद्यालय सञ्चालनका लागि अनुमति नपाए नगरपालिकाले थप नयाँ कलेज सञ्चालन गर्ने योजना रहेको बताएका छन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले भक्तपुर नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरूको लागि गरेको बधाई एवं शुभकामना कार्यक्रममा उनले भएका कलेजहरूमा विषयहरू थप्ने र नयाँ कलेज चलाउने योजना रहेको सुनाए ।

ख्वप विश्वविद्यालयका माग निरन्तर गरिरहँदा पनि विश्वविद्यालय सञ्चालन गर्न अनुमति प्राप्त नभएकोमा दुःख व्यक्त गर्दै उनले नयाँ विकल्पको रूपमा नयाँ कलेज चलाउने योजना रहेको बताए । हाल सात वटा कलेज सञ्चालन गर्दै आएको भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको छ । विश्वविद्यालयको अनुमति दिए चिकित्सा शास्त्र (एमबिबिएस) अध्यापन गराउने कलेज सञ्चालन गर्ने योजना रहेको प्रजापतिले बताए ।

सोही अवसरमा उनले सूर्यविनायकको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीमार्फत जेठको दोस्रो साताबाट भक्तपुर नगरपालिकामा खानेपानी वितरण सुरु हुन लागेको जनाए । आफूसहित उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, हरिप्रसाद बासुकला, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र खानेपानी कार्यालय भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले शुक्रबार संयुक्त रूपमा कटुञ्जेस्थित खानेपानी ट्याङ्कीमा स्थलगत निरीक्षण गरेको उनले स्मरण गरे ।

सोही अवसरमा प्रमुख प्रजापतिले मेलम्चीको पानी छिटोभन्दा छिटो भक्तपुरमा वितरण गरेर खानेपानीको दीर्घकालीन समस्या समाधान गरिदिने बताए । त्यस अवसरमा आफूले केयुकेएलका प्रमुख मिलन शाक्य र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणासँग कुराकानी गरेको उनले बताए ।

सोही क्रममा केयुकेएलका शाक्य र सिइओ राणाले २०७९ वैशाख १९ गतेबाटै कटुञ्जेको खानेपानी ट्याङ्कीमा मेलम्चीको पानी खसालिसकेको र अब छिटै भक्तपुरमा उक्त पानी वितरण हुने बचनबद्धता व्यक्त गरेको प्रजापतिले सुनाए ।

कटुञ्जेमा हाल ६० लाख लिटर र १०. १० लाख लिटर गरी ८० लाख लिटर बराबर क्षमता भएको खानेपानी ट्याङ्की निर्माण भइरहेको उनले अवगत गराए । खानेपानी पाइप बिछ्याउने कार्य सकिएलगत्तै भक्तपुरमा पनि मेलम्चीको पानी वितरण सुरु गर्ने उनले बताए ।

कटुञ्जे खानेपानी ट्याङ्कीमा खसालिएको मेलम्चीको पानीको गुणस्तर परीक्षणलगत्तै मेलम्चीको पानी २४ घण्टा पानी वितरण गर्न सकिने उनले बताए । कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयरसहित १० जना नवनिर्वाचित वडा अध्यक्षलाई सम्मान तथा बधाई दिइएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ९ : १७ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम