कर्णालीका स्थानीय तहमा महिलाको सहभागिता न्यून | Khabarhub Khabarhub

कर्णालीका स्थानीय तहमा महिलाको सहभागिता न्यून


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा कर्णाली प्रदेशका १० जिल्लाका स्थानीय तहका प्रमुख पदमा महिलाको सहभागिता कमजोर देखिएको छ । ५५ पदमा महिलाको सहभागिता रहेको छ भने १०१ पदमा पुरुषहरूको सहभागिता रहेको छ । दैलेखको भैरवी गाउँपालिकाका अध्यक्षमा रिताकुमारी शाही निर्वाचित भएकी छन् भने उपाध्यक्षमा समेत देवी भण्डारी निर्वाचित भएकी छन् । त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया भण्डारी विजय भएकी छन् । जुम्लाका पालिकामा भने दुवै पदमा महिला र पुरुषको समान सहभागिता रहेको छ ।

सल्यानका १० पालिकामा ५ जना महिला उपाध्यक्ष निर्वाचित भएका छन् । अन्य सबै मुख्य पदमा पुरुष नै निर्वाचित भएका छन् । हिमाली जिल्ला डोल्पाका आठ पालिकामा उपाध्यक्ष ५ जना महिला निर्वाचित भएका छन् भने ११ पदमा पुरुष नै निर्वाचित भए । मुगुका चार स्थानीय तह मध्ये तीन पालिकामा महिला उपाध्यक्ष रहेका छन् । अध्यक्ष सहित एक उपाध्यक्ष गरी पाँज जना पुरुष रहेका छन् ।

जुम्लाका ८ पालिका मध्य अध्यक्षमा ८ र उपाध्यक्षमा ८ महिला निर्वाचित भएका छन् । यहाँ सबै भन्दा समावेशी रहेको पाइएकोले छ । ९ स्थानीय तह रहेको कालिकोटमा पुरुषको रजाइँ देखिएको छ । १४ जना अध्यक्ष र उपाध्यक्ष पुरुष निर्वाचित हुँदा ४ जना महिला मात्रै निर्वाचित छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको जिल्लामा ७ स्थानीय तह रहेका छन् ।

सात स्थानीय तह मध्य २ स्थानीय तहमा मात्र महिला उपाध्यक्षको सहभागिता रहेको छ भने बाँकी १२ अध्यक्ष र उपाध्यक्ष पदमा पुरुष नै निर्वाचित भएका छन् । जाजरकोटका ७ पालिकामा चार जना महिला उपाध्यक्ष निर्वाचित हुँदा १० जना अध्यक्ष र उपाध्यक्ष पुरुष नै निर्वाचित भएका छन् । दैलेखका ११ स्थानीय तह मध्य भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन् । ११ पुरुष अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएको तथ्याङ्कमा उल्लेख छ । एक अध्यक्षसहित ११ पदमा महिला निर्वाचित भएको पाइएको छ ।

कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा महिला मोहनमाया ढकाल निर्वाचित भएकी छन् । सुर्खेतमा १० अध्यक्ष र उपाध्यक्ष पदमा पुरुष र एक मेयर सहित ८ जना मेयर र उपाध्यक्षमा उपमेयरमा महिला निर्वाचित भएका छन् । अर्थमन्त्री जर्नादन शर्माको जिल्ला रुकुम पश्चिममा अध्यक्ष तथा मेयर पदमा महिलाको सहभागिता छैन भने उपाध्यक्ष पदमा ५ जना महिलाले जितेका छन् । त्यस्तै अध्यक्ष वा मेयर पदमा ७ पदमा पुरुष विजयी भएका छन् । यहाँ ६ पालिका रहेका छन् ।

एक मेयर र एक अध्यक्ष र बाँकी ५३ पदमा उपाध्यक्ष सहित ५५ पदमा महिलाको कर्णाली प्रदेशका १० जिल्लामा सहभागिता रहेको छ । त्यस्तै १० जिल्लाको १०१ पदमा पुरुषको मुख्य पदमा सहभागिता रहेको छ । यो हिसाबले हेर्दा समावेशीको हिसाबले महिलाको सहभागिता कमजोर रहेको पाइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ९ : ५९ बजे

साताको पहिलो नेप्से १४ अंकले बढ्यो, अढाइ अर्ब बढी कारोबार

काठमाडौं- आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं– कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा

इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।