मारिउपोलमाथि विजय हासिल गरेको रूसको दाबी « Khabarhub

मारिउपोलमाथि विजय हासिल गरेको रूसको दाबी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनको बन्दरगाह सहर मारिउपोलमाथि रूसले विजय हासिल गरेको दाबी गरेको छ । मारिउपोलको आजोभ्स्टाल स्टिल कारखानामा रहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेसँगै अब उक्त शहर पूर्णरूपमा रूसी सेनाको नियन्त्रणमा गएको हो ।

उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी सैनिकहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न महिनौँदेखि रोकिरहेका थिए ।

युक्रेनी फौज पछि हटेसँगै मारिउपोलमा ठूलो क्षति हुने गरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले ५३१ युक्रेनी सैनिकहरू त्यहाँबाट हटेपछि मारिउपोल र सो स्टिल कारखाना ‘अहिले पूर्णतः मुक्त’ भएको जनाएको छ ।

‘लडाकूहरू लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको’ रुसी पक्षले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटेका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको स्वीकार गरेका छन् ।

एक टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भने– ‘आज युक्रेनी सैनिक नेतृत्वले उनीहरूलाई उनीहरूले त्यहाँबाट बाहिर निस्किन र आफ्नो ज्यान जोगाउन सक्ने स्पष्ट सन्देश दिएको छ ।’

हप्तौँसम्म आजोभ्स्टाल क्षेत्र पूरै घेराबन्दीमा रहँदै आएको थियो । रूसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पुर्‍याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए । उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न दबाब दिइरहेका थिए ।

उक्त क्षेत्रमा फसेका कैयौँ गैरसैनिक नागरिकमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिक पनि रहेको युक्रेनी अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १० : ५९ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री