पछिल्लो समय जलवायु परिवर्तनका बारे धेरै बहस भएका छन्। यस बीचमा जैविक विविधतामा पनि संकट आएको विषयमा त्यत्ति धेरै चर्चा भएको छैन। यो बहस अहिले त्यत्तिकै आवश्यक भइसकेको छ।
जलवायु परिवर्तनसँगै धेरै जीवको अस्तित्व सङ्कटमा पर्न थालेको छ। तत्कालै कुनै महत्त्वपूर्ण कदम नचालिएमा लाखौँ विरुवा र जीवहरूको अस्तित्वसमेत सङ्कटमा पर्नसक्ने चेतावनी सरोकारवाला वैज्ञानिकले दिइसकेका छन्।
यसैबीचमा युगान्डाको एक जङ्गलमा गरिएको भ्रमणपछि केही तथ्य प्रस्ट भएका छन्। एक जङ्गली जनावरका विज्ञ त्यहाँ पुग्दा सांघाइ प्रजातिको जङ्गली गुरिल्लाको पोथी जम्काभेट भएको थियो। उनी सुरक्षित रूपले नै यात्रा गरेका थिए। ती गुरिल्ला समुदायको मुख्य नाइके जस्ती पनि थिइन्। उनलाई रुखका हाँगा भाँचेर खान मात्र ध्यान थियो। उनी त्यहाँ पुगेपछि दुई बच्चा मानिसलाई नै पार गरेर हिँडे पनि उनीहरू आक्रामक थिएनन्। पछिल्लो समय गुरिल्लाको व्यवहार परिवर्तन भएको छ। वन्य जन्तुको बारेमा जानकारकै अनुसार यो व्यवहार अस्वाभाविक हो।
उनीहरूको गतिविधिले आफ्नो अस्तित्व रक्षा गर्न नै सङ्घर्षरत रहेको प्रस्ट हुन्छ।
अहिले हिमाली गुरिल्ला आफ्नो अस्तित्व रक्षा गर्न सङ्घर्ष गरिरहेका छन्। वन्यजन्तु विज्ञ सर डेभिड एटिनवर्ग सन् १९७९ देखि गुरिल्लाको बारे अध्ययन गरिरहेका छन्। उनलाई कतै अब यो जीवलाई जङ्गलमा देख्न नपाइने होइन भन्ने चिन्ता लाग्न थालेको छ। उनीहरूको गतिविधि र हाउभाउ सबै फेरिएका छन्।
पछिल्लो समय गुरिल्लाको व्यवहार परिवर्तन भएको छ। वन्य जन्तुको बारेमा जानकारकै अनुसार यो व्यवहार अस्वाभाविक हो।
उनलाई यो थाहा छ कि सृष्टिको नियम नै यो हो। त्यो कालखण्डमा कुनै एउटा जीव कुनै जीव विस्तारै हराउन थाल्छ। यो प्रकृतिको नियम हो। तर, पछिल्लो समय नयाँ जीव निस्कने या पुरानो जीवको नास हुने समयको गति भने बढेको छ। वैज्ञानिककै अनुसार जीवको अस्तित्व र आयुको समयमा अहिले १ हजारदेखि १० हजार बीचको समयको प्रभाव परेको छ।
कुनै पनि जीवको अस्तित्व कायम रहने भन्ने कुरा खाना, सास फेर्ने हावा र पिउने पानीमा निर्भर रहन्छ। यी नै पदार्थले हामीलाई प्रदूषण, भेल र जलवायुमा देखिएको उथलपुथलबाट बचाउने गर्छ।
जेनेभामा बसेको संयुक्त राष्ट्र सङ्घको एक बैठकमा पछिल्लो समय जीवको अस्तित्वको बारे चिन्ता व्यक्त भएको थियो। यसपछि ती जीवको अस्तित्वको रक्षाका लागि केही कदम अति आवश्यक ठानिएको हो।
वैज्ञानिककै अनुसार जीवको अस्तित्व र आयुको समयमा अहिले १ हजारदेखि १० हजार बीचको समयको प्रभाव परेको छ।
नैरोबीमा बसेको अर्को बैठकले यसका लागि २१ लक्ष्य तय गरेको छ। सन् २०३० सम्ममा जमिन र समुद्रलाई जसरी भए पनि संरक्षण गर्ने भन्ने नीति वातावरणविद्को छ।
अक्टोबर महिनामा कुनीङमा भएको ‘युएन कन्भेन्सन अन बायोलोजीकल डयोभर्सीटी’मा धेरै सरकारी प्रतिनिधिले हस्ताक्षर गरेका थिए। मानवका लागि यसले नयाँ सोच अगाडि सारेको छ। सन् २०५० सम्मका लागि ‘ट लिभ हार्मोनी विथ नेचर’ को रूपमा नयाँ नारासमेत तय गरिएको छ। हिमाली गुरिल्लाको संरक्षणको विषय पनि यससँग नै सम्बन्धित छ।
यसै क्रममा सर डेभिड हिमाली गुरिल्लाको वासस्थानमा पुगेका थिए। त्यहाँ ६ सय गुरिल्ला थिए। जङ्गल पातलिएसँगै हिमाली गुरिल्ला त्यहाँ बस्न सक्दैनन्। यसकारण जङ्गलको संरक्षण गर्नु नै उनीहरूको अस्तित्वलाई कायम राख्ने एक मात्र उपाय हो।
यी गुरिल्ला दुई समूहमा बसोबास गर्छन्। भिरुंगा जङ्गल उनीहरूको एउटा वासस्थान हो। यो जङ्गल युगान्डा, रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सीमा छेत्रको स्थानमा छ। अर्को समूह बिवीन्डी इप्मेन्टीरेबल जङ्गलमा छ। यो जङ्गल युगान्डाको बीचमा छ। अहिले जलवायु परिवर्तनको कारण देखिएको समस्यासँगै यिनीहरूले एउटै किसिमको चुनौती भोगी रहेका छन्।
गुरिल्ला दुई समूहमा बसोबास गर्छन्। भिरुंगा जङ्गल उनीहरूको एउटा वासस्थान हो। यो जङ्गल युगान्डा, रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सीमा छेत्रको स्थानमा छ।
उनीहरूको वासस्थान कृषकहरूले फडानी गरी रहेका छन्। झडप र आपसी समन्वय अभावका कारण ती स्थानहरूको नास भइरहेको छ। त्यत्तिमात्र होइन, जङ्गली जनावर सिकारीको सिकार पनि भएका छन्।
अबको ४० वर्षपछि जनसङ्ख्या धेरै वृद्धि भइसकेको हुन्छ। यस समयमा मानिसको उपस्थितिले जङ्गलको छेउछाउमा हुने प्रभावका कारण हरेक जीवलाई बाच्न कठिन हुनेछ। पछिल्लो समय केही सोचेको भन्दा फरक भएको छ। सन् २०२० मा बिवीन्डीमा पाँच गुरिल्लाका बच्चा जन्मिए। सन् २०१९ मा तीन मात्र जन्मिएका थिए।
यसको राज अलि फरक छ। सन् १९९५ मा युगान्डा वाइल्ड लाइफ अथोरिटीका डा. ग्लाडीयस कालेमा झीकासोकाले सन् १९९५ मा पहिलो पटक युगान्डा भ्रमण गरेका थिए। त्यसपछि सामुदायिक स्वास्थ्यसहित तिनीहरूको संरक्षणको नयाँ योजना अगाडि ल्याएकी थिइन्।
पर्यटन व्यवसायलाई प्रोत्साहित गर्दै जङ्गली जनावरको रक्षा गर्नु एउटा चुनौती थियो। उनले त्यसको राम्रोसँग सामना गरिन्। ‘सही ढङ्गले चल्ने हो भने पर्यटनले जङ्गली जनावरको संरक्षणमा साँच्चै सहयोग गर्छ’, उनले अगाडि भनिन्। यसका लागि पर्यटनबाट आर्जित रकम स्थानीय क्षेत्रमा प्रयोग गर्नुपर्छ।
त्यहाँ गुरिल्ला जताततै देख्न सकिन्थ्यो। टुरिस्ट लज तथा रेस्ट हाउसमासमेत यो देख्न सकिन्थ्यो। पछिल्लो समय भने यसलाई परिवर्तन गरिएको छ। उनीहरूलाई बीवोन्डी एम्पेन्ट्रेबल फरेस्ट नेसनल पार्कमा राखिएको छ।
गुरिल्ला पर्यटनले अहिले प्रान्तीय अर्थतन्त्रलाई धेरै सहयोग गरेको छ। युगान्डाको वन्यजन्तु आरक्षणका लागि हुने खर्च पर्यटकबाटै उठ्ने गरेको छ।
उनीहरूलाई त्यस आरक्षण क्षेत्रमा राखिएसँगै पर्यटनका लागि थप व्यवस्थापन सहज भएको छ। त्यहाँ थुप्रै लज बनाइएको छ। ‘जुन समय म त्यस स्थानमा जान्थे पाँच वटा मात्र लज थियो। अहिले ७० भन्दा बढी छ’ डा. ग्लायड्सले भनिन्, ‘एनजीओहरुले धेरै राम्रो काम गरेका छन्। केही रोजगारीको अवसर सिर्जजना गरेका छन्।’ गुरिल्ला पर्यटनले अहिले प्रान्तीय अर्थतन्त्रलाई धेरै सहयोग गरेको छ। युगान्डाको वन्यजन्तु आरक्षणका लागि हुने खर्च पर्यटकबाटै उठ्ने गरेको छ।
बीवीन्डीका प्रमुख वार्डेन नेल्सन गुमा पर्यटन भएको आम्दानी महत्त्वपूर्ण भएको स्वीकार गर्छन्। यसको रकमको सदुपयोग भएकै कारण स्थानीय समुदायको वन्यजन्तु संरक्षणमा ठूलो सहयोग पुगेको छ। आफूहरूले वन्यजन्तु जोगाएकै कारण लाभ पाएकाले यसलाई जोगाउन आवश्यक भएको उनीहरूले महसुस गरिरहेका छन्।
गुरिल्लाको बसोबास भएको स्थानमा भ्रमण गर्न सस्तो छैन। त्यहाँ भ्रमण गर्न प्रतिव्यक्ति ६ सय अमेरिकी डलर तिर्नुपर्छ। गुरिल्ला समुदायको भ्रमण गर्ने वार्षिक ४० हजार हुन्छन्। यसको आम्दानीको २० प्रतिशत स्थानीय बासीलाई दिइने गरिएको छ।
त्यहाँ हिमाली गुरिल्लाको संरक्षणले अर्को पनि फाइदा भएको छ। गुरिल्लाको संरक्षण गर्नेक्रममा पुरै जङ्गलको इको सिस्टमको संरक्षण भएको छ। बीवीन्डीको त्यो जङ्गल जैविक विविधताको आधारमा सबैभन्दा महत्त्वपूर्ण जङ्गलको रूपमा रहेको छ। आरक्षणका कारण हजारौँ तथा लाखौँ जीवको संरक्षण भएको छ।
स्थानीय सिकारीले मृग, बँदेल र अन्य जनावरका लागि थापेको पासोमा गुरिल्ला पनि पर्ने गरेका थिए। यसरी पासोमा परेका गुरिल्ला बेच्ने या आफ्नै परिवारले खाने गरेका थिए। अहिले त्यो क्रम रोकिएको छ।
गुरिल्लाको कारण भएको आम्दानीले अन्य कुराको जोखिमलाई न्यूनीकरण गरिएको छ। स्थानीय सिकारीले मृग, बँदेल र अन्य जनावरका लागि थापेको पासोमा गुरिल्ला पनि पर्ने गरेका थिए। यसरी पासोमा परेका गुरिल्ला बेच्ने या आफ्नै परिवारले खाने गरेका थिए। अहिले त्यो क्रम रोकिएको छ।
आरक्षणको निर्माण भएपछि यसरी सिकार गर्दा कोही भेटिए जेलसम्म चलान हुनेसक्ने छन्। पहिला सिकारीकै रूपमा रहेका भिन्सेन्ट स्मारियोले अहिले आफू गुरिल्ला संरक्षणमा रहेको तथा गुरिल्ला राजदूत भएको बताएका छन्। त्यसो त पर्यटन व्यवसाय पनि बिना संकट चल्दैन। पर्यटनबाटै उत्पन्न हुने समस्यालाई न्यूनीकरण गर्न त्यहाँ एउटा अभियान नै चलाइएको छ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण आएको जैविक विविधताको सङ्कटको न्यूनीकरणका लागि युगान्डाको यो वन्यजन्तु आरक्ष धेरैका लागि पाठ बन्नसक्छ। स्रोत बीबीसी
प्रतिक्रिया