कृषि विकास कार्यालय मुगुका ६६ योजना फिर्ता « Khabarhub

कृषि विकास कार्यालय मुगुका ६६ योजना फिर्ता


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – कृषि विकास कार्यालय मुगुले कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका ६६ योजना कार्यान्वयन नगरी फिर्ता पठाउने भएको छ। जिल्ला कृषि विकास कार्यालयले चालू आर्थिक वर्षमा सञ्चालन हुने गरी मन्त्रालयबाट स्वीकृत भएर आएका ६६ वटा योजना समय अभावका कारण कार्यान्वयन गर्न नसकिने भन्दै कृषि विकास कार्यालय मुगुले मन्त्रालयमै फिर्ता पठाउन लागेको हो ।

गत माघ १८ गते मन्त्रालयले १० देखि १५ लाखमुनिका योजना कार्यान्वयन नगर्न जिल्ला कृषि विकास कार्यालयलाई पत्राचार गरेको थियो। भौतिक पूर्वाधार निर्माण, साना सिँचाइ, भवन निर्माण, संकलन केन्द्र, पानीट्यांकी, पानी भकारी लगायतका तीनदेखि आठ लाखसम्मका ६६ वटा योजना कार्यान्वयन नगरी फिर्ता पठाउन लागिएको कार्यालयले जनाएको छ।

मन्त्रालयबाट स्वीकृत भएर आएका ६८ मध्ये छायानाथ रारा नगरपालिकाको आठ लाखको ठाडो सिँचाइ कुलो र पाँच लाखको गाडापानी सिँचाइ कुलो मात्रै सम्झौता गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख खेमराज शाहीले न्युज कारखानालाई जनाकारी दिए। बाँकी ६६ योजना हालसम्म सम्झौता नभएको र अब एक महिनाको छोटो समयमा काम गर्न नसकिने हुँदा मन्त्रालयमै फिर्ता पठाउनुपरेको उनको भनाइ छ।

उक्त ६६ योजनाको तीन करोड ५४ लाख बजेट मन्त्रालयमै फिर्ता जाने भएको छ। एकातिर ढिलो बजेट निकासा र अर्कोतिर मन्त्रालयले १५ लाखमुनिका योजना कार्यान्वयन नगर्न पत्र पठाएपछि ६६ योजना कार्यान्वयन गर्न नसकी फिर्ता पठाउनुपरेको शाहीले बताए। फिर्ता पठाइएकामध्ये छायाँनाथ–रारा नगरपालिकाका २८, सोरु गाउँपालिकाका २८, खत्याड गाउँपालिकाका १२ र मुगम कार्मारोङ गाउँपालिकाका दुई योजना रहेका छन् ।

‘गत १८ माघमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले योजना कार्यान्वयन नगर्नू भनी पत्र पठाएको थियो। फेरि गत १६ जेठमा अर्को पत्रमा कार्यान्वयन गर्नू भनेर पठायो । हामी कर्मचारीले कसरी काम गर्ने ?,’ कार्यालय प्रमुख शाहीले भने ।

पहिले नै पर्याप्त जनशक्ति नभएको कार्यालयमा ६ जनामाथि अख्तियारको मुद्दा रहेको उनले बताए । विगतका वर्षमा कृषि कार्यालयले असारमा समेत उपभोक्ता समितिसँग योजनाहरू सम्झौता गरी बजेट निकासा गर्ने गरिएको थियो।
-न्युज कारखानाबाट

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : ०२ बजे

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष