विवाहको प्रलोभनमा पारेर बलात्कार गरी नगद र गहना लुटेको आरोपमा एकजना पक्राउ « Khabarhub

विवाहको प्रलोभनमा पारेर बलात्कार गरी नगद र गहना लुटेको आरोपमा एकजना पक्राउ


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिलालाई बलात्कार गरी नगद र गहना लुटपाट गर्ने एक जना पक्राउ परेका छन् ।

गत जेठ २९ गते बेलुकी २४ वर्षीय महिलालाई काठमाडौं महानगरपालिका–११ भोटेबहालको एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

काभ्रेपलाञ्‍चोक तेमाल गाउँपालिका–९, घर भइ हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय विश्व तामाङले पेयपदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

विवाहको प्रलोभनमा पारी गेष्ट हाउसमा लगेका उनले बलात्कारपछि महिलाको साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए।

पीडितले जेठ ३१ गते प्रहरी वृत्त कालीमाटीमा उजुरी दिएपछि यही असार ५ गते राति ११ बजे तामाङलाई कालिमाटीबाट पक्राउ गरेको हो।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उनलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको काठमाडौं प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ०७ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय