विवाहको प्रलोभनमा पारेर बलात्कार गरी नगद र गहना लुटेको आरोपमा एकजना पक्राउ « Khabarhub

विवाहको प्रलोभनमा पारेर बलात्कार गरी नगद र गहना लुटेको आरोपमा एकजना पक्राउ


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिलालाई बलात्कार गरी नगद र गहना लुटपाट गर्ने एक जना पक्राउ परेका छन् ।

गत जेठ २९ गते बेलुकी २४ वर्षीय महिलालाई काठमाडौं महानगरपालिका–११ भोटेबहालको एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

काभ्रेपलाञ्‍चोक तेमाल गाउँपालिका–९, घर भइ हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय विश्व तामाङले पेयपदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

विवाहको प्रलोभनमा पारी गेष्ट हाउसमा लगेका उनले बलात्कारपछि महिलाको साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए।

पीडितले जेठ ३१ गते प्रहरी वृत्त कालीमाटीमा उजुरी दिएपछि यही असार ५ गते राति ११ बजे तामाङलाई कालिमाटीबाट पक्राउ गरेको हो।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उनलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको काठमाडौं प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ०७ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा