अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै « Khabarhub

अख्तियारमा बडिमालिका नगरपालिकाको अनियमितताको उजुरी धेरै


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाजुराका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी बडिमालिका नगरपालिकाका उजुरी परेका छन् । आर्थिक वर्ष ०७८/७९ को जेठ मसान्तसम्म बडिमालिका नगरपालिकाका १३ वटा उजुरी अख्तियारमा परेको तथ्यांक छ । जसमध्ये नौवटा मुद्दा फछर्यौट भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ ।

यो आर्थिक वर्षको जेठ मसान्तसम्म सबैभन्दा कम उजुरी खप्तड छेडेदह गाउँपालिकाको छ । सो गाउँपालिकाको एउटा मात्रै उजुरी अख्तियारमा परेको तथ्यांकमा उल्लेख छ ।

हिमाली गाउँपालिकाका पाँच, स्वामिकार्तिक खापर गाउँपालिकाका पाँच, जगन्नाथ गाउँपालिकाका चार, बुढीनन्दा नगरपालिकाका चार तथा बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका तीन/तीनवटा उजुरी परेका छन् । बाजुराका नौवटै स्थानीय तहका गरी ३८ वटा उजुरी परेको र १८ को फछर्यौट भइसकेको र २० वटा बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : १७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब