हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा « Khabarhub

हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

नेपाल समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छ । सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।

यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको तीन खेलमा ६ अङ्क छ । हङकङलाई हराएमा नेपाल समूह ‘बी’ को विजेता बन्ने छ ।

प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ‘ए’ मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन् ।प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : २५ बजे

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ