बेँसीसहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै « Khabarhub

बेँसीसहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लगातारको वर्षापछि आएकाे पहिरोका कारण डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण सुरु गरिएको छ ।

शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडक खण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । पहिरोको सडक मंगलबार दिउँसो १ बजेसम्म मर्मत सक्ने तयारी भइरहेको डुम्रे- बेँसीसहर-चामे सडक योजना प्रमुख अच्युत विलास पन्तले बताए ।

उनका अनुसार सेनाको चण्डीप्रसाद गण जाने गेटबाट गण प्रवेश गर्ने सडक प्रयोग गरी पहिरोको फेद मर्स्याङ्दी नदी किनारबाट पहिलेको सडक भएको ठाउँबाट रिट्ठेबगर हुँदै उदिपुर भएर यो सडक प्रयोगमा आउनेछ । त्यसपछि सबै खाले सवारीसाधन सञ्चालन गर्न सकिनेछ । पहिरो खस्न नदिन जालीहरू प्रयोग गर्ने, एउटा भ्याकुलोडर स्टेन्डबाइ राख्ने सडक कार्यालयले जनाएको छ ।

पहिरोमा दीर्घकालीन काम गर्न सडक निर्माणका लागि असारमा निर्माण कम्पनीसँग सम्झौता हुने कार्यालयले जनाएको छ । हाल बेसिसहर-डुम्रे सडकखण्डको उदिपुरबाट ठूला सवारीसाधन आवतजावत गर्न पाएका छैनन् । साना सवारीसाधन भने उदिपुर-१ धिमिरे गाउँ हुँदै आवतजावत गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ३९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर