बेँसीसहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै « Khabarhub

बेँसीसहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लगातारको वर्षापछि आएकाे पहिरोका कारण डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण सुरु गरिएको छ ।

शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडक खण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । पहिरोको सडक मंगलबार दिउँसो १ बजेसम्म मर्मत सक्ने तयारी भइरहेको डुम्रे- बेँसीसहर-चामे सडक योजना प्रमुख अच्युत विलास पन्तले बताए ।

उनका अनुसार सेनाको चण्डीप्रसाद गण जाने गेटबाट गण प्रवेश गर्ने सडक प्रयोग गरी पहिरोको फेद मर्स्याङ्दी नदी किनारबाट पहिलेको सडक भएको ठाउँबाट रिट्ठेबगर हुँदै उदिपुर भएर यो सडक प्रयोगमा आउनेछ । त्यसपछि सबै खाले सवारीसाधन सञ्चालन गर्न सकिनेछ । पहिरो खस्न नदिन जालीहरू प्रयोग गर्ने, एउटा भ्याकुलोडर स्टेन्डबाइ राख्ने सडक कार्यालयले जनाएको छ ।

पहिरोमा दीर्घकालीन काम गर्न सडक निर्माणका लागि असारमा निर्माण कम्पनीसँग सम्झौता हुने कार्यालयले जनाएको छ । हाल बेसिसहर-डुम्रे सडकखण्डको उदिपुरबाट ठूला सवारीसाधन आवतजावत गर्न पाएका छैनन् । साना सवारीसाधन भने उदिपुर-१ धिमिरे गाउँ हुँदै आवतजावत गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ३९ बजे

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

निर्वाचन आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र

‘घाइते जेन-जी नेपाल’को कार्यालय उद्घाटन (तस्बिरहरू)

काठमाडौं– बबरमहलमा ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ । 

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज – खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित