उत्तरपूर्वी भारत र बङ्गलादेशमा बाढीको प्रकोप जारी, थप २६ जनाको मृत्यु | Khabarhub Khabarhub

उत्तरपूर्वी भारत र बङ्गलादेशमा बाढीको प्रकोप जारी, थप २६ जनाको मृत्यु


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तरपूर्वी भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा पनि लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले जनाएका छन् ।

भारतका उत्तरपूर्वी राज्यहरु एवम् बङ्गलादेशमा भारी वर्षा एवम् आँधीबाट नियमित जसो बाढी आउने गरेको बताइन्छ । भारतको आसाम राज्यमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बाढीमा डुबेर छ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

पूर्वी राज्य बिहारमा आँधीका कारण चट्याङ लागेर कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन मन्त्री रेणु देवीले जानकारी दिइन् । आसाम लगातार बाढीको चपेटामा परेको छ ।

राज्यका ३३ जिल्लाका ५ हजार १४० गाउँहरू पानीको बढ्दो स्तरले डुबानमा परेका छन् । एक लाखभन्दा बढी गाउँले राहत आश्रयमा शरण लिएका छन् । यो सिजनमा आसाम पहिलो पटक गत अप्रिलमा बाढीबाट प्रभावित भएको थियो । हाल पुनः अविरल वर्षाको कारण आएको बाढीमा परी ४४ जनाको मृत्यु भएको छ ।

छिमेकमा पर्ने मेघालय राज्यमा पहिरो र बगेको खोलाले सडक डुबेपछि गत बिहीबारदेखि कम्तिमा १६ जनाको मृत्यु भएको छ । मनसुनले बङ्गलादेशमा पनि विनाशकारी बाढी उत्पन्न भएको छ ।

यसका कारण लाखौं अलपत्र परेका र दर्जनौंको मृत्यु भएको जनाइएको छ । बाढीको पानी सिल्हेट क्षेत्रको उत्तरपूर्वी जिल्लाबाट विस्तारै कम हुँदै गइरहेको थियो । यद्यपि लाखौं अझै पनि अलपत्र परेको त्यहाँका मुख्य प्रशासक मोशर्रफ हुसेनले बताएका छन् ।

आश्रयस्थलहरु प्रभावित मानिसहरूले भरिएका छन् । त्यहाँ खाना र पिउने पानीको ठूलो संकट रहेको बताइएको छ । अलपत्र परेका धेरै मानिसहरु घर फर्कन अझै आनाकानी गरिरहेको र अरु धेरैले बाढीको पानीमा आफ्नो घर गुमाएको हुसेनले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताए ।

जमालपुर जिल्लामा एकज ना आठ वर्षीया बालिकालाई बाढीले घरकै आँगनबाट बगाएको र उनी पछि मृत फेला परेको प्रहरी अधिकारी अमिनुल इस्लामले एएफपीलाई जानकारी दिए ।

दक्षिणपूर्वी चटगाउँ पहाडी जिल्लाहरूमा पनि भारी वर्षा जारी रहेको र यसले बन्दरगाह सहरलाई जलमग्न बनाएको एवम् पहिरोको जोखिम बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १२ : ५८ बजे

आज २०८२ साल भदौ ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ७ गते शनिबार। भाद्र

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल