पहाडका टाकुराबीच केबलकारमा फसेपछि डोरीबाटै झुन्डिएर झरे पर्यटक « Khabarhub

पहाडका टाकुराबीच केबलकारमा फसेपछि डोरीबाटै झुन्डिएर झरे पर्यटक


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पहाडमाथि चल्ने केबलकार लामो समयसम्म अड्किएपछि पर्यटकहरु केही समय बीच बाटोमै अलपत्र परेका छन् ।

भारत हिमाचल प्रदेशको परवानु टिम्बर ट्रेलमा पर्यटकहरु बोकेको केबलकार अड्किएपछि त्रसित मध्येका एक जना यात्रु डोरीमार्फत झरेका थिए । पर्यटकहरुले उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइलो गर्दा एक्कासी केबलकार रोकिएको थियो ।

फसेका ११ पर्यटकमध्ये एक जनाले डोरी प्रयोग गरेर केबलकारबाट तल ओर्लिरहेको सामाजिक सञ्जालमा भाइरल भिडियोमा देख्न सकिन्छ ।

तर, केबलकारभित्र बालबालिका र महिलासमेत भएकोले अन्यले डोरी प्रयोग गरेर तल ओर्लन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मद्दतका लागि प्रहरी र दमकल टोलीहरू केबलकारमा पुग्नुअघि उक्त समूह तीन घण्टाभन्दा बढी समयसम्म फसेको भारतीय अखबार इण्डिया टुडेको अनलाइन संस्करणले जनाएको छ । बाँकी समूहलाई उद्धार गर्न अधिकारीहरूले दोस्रो केबलकारको प्रयोग गरिएको थियो । 

सो क्षेत्रमा सन् १९९२ मा पनि यस्तै घटना भएको बताइएको छ । सन् १९९२ को को १३ अक्टोबरमा सो क्षेत्रमा एक जना अपरेटरले केबलकारबाट हाम फालेका थिए । उक्त घटनामा ती अपरेटरको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ४० बजे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु