शनिबारदेखिको अविरल वर्षाका कारण चीनमा झण्डै ५ लाख मानिस प्रभावित | Khabarhub Khabarhub

शनिबारदेखिको अविरल वर्षाका कारण चीनमा झण्डै ५ लाख मानिस प्रभावित


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अविरल वर्षाका कारण पूर्वी चीनको जियाङ्सी प्रान्तमा झण्डै ५ लाख मानिसहरु प्रभावित भएका छन् । प्रान्तमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

जियाङ्सीको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले बाढी नियन्त्रणको आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति समेत गरेको छ ।

शनिबार दिउँसो ३ बजेदेखि जारी भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको छ ।

मुख्यालयका अनुसार बाढीबाट ४७ करोड युआन अर्थात् करिब ७ करोड अमेरिकी डलर प्रत्यक्ष आर्थिक क्षति पुगेको छ।

स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षाको चेतावनी दिएको छ । वर्षाको प्रभाव बुधबार उत्तरमा याङ्जी नदीतर्फ सर्ने सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : २० बजे

कांग्रेस पदाधिकारी बैठक : संसदीय दलको बैठक बसेर संसद् अवरोधबारे थप निर्णय लिने 

काठमाडौं– नेपाली कांग्रेसले संसद्‌मा गरेको अवरोधलाई तत्काल नरोक्ने निर्णय गरेको

छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि

जनकपुरधाम– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा

पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सम्पन्न

बरहथवा– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग

म मन्त्री हुने योजनामा छैन, सुशीला जी पनि हुनुहुन्न : अशोक राई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले आफू मन्त्री

एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित 

काठमाडौं– नेकपा एमाले कपिलवस्तुको १०औं जिल्ला अधिवेशनबाट बाबुराम खनाल जिल्ला