योगलाई अभियानका रुपमा लैजानुपर्छः नेता पोख्रेल | Khabarhub Khabarhub

योगलाई अभियानका रुपमा लैजानुपर्छः नेता पोख्रेल


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताएका छन् । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज चितवनमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उनले योगलाई सामाजिक अभियानका रुपमा अघि बढाउन सके स्वस्थ रहन सकिने बताएका हुन् ।

योग ध्यानको प्रतिपादन गर्ने देश नेपाल भएको भन्दै उनले यसलाई समयानुकूल बनाउँदै लैजानु  आजको आवश्यकता रहेको बताए । उनले भने , ‘योग अहिलेको युगअनुरूप रहेको छ । यसलाई समयानुकूल बनाउँदै लैजानुपर्छ ।’ आफू शिक्षामन्त्री हुँदा योगलाई पाठ्यक्रममा समावेश गर्ने भनी निर्णय गरेको जानकारी गराउँदै उनले यसलाई पाठ्यक्रममा राखेर स्कुलदेखि नै सिकाउँदै लैजानुपर्ने बताए । शिक्षा क्षेत्रमा यसको विकासले समाजको परिवर्तन सम्भव हुने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उनले तत्काल माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा नरहेको बताए । उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । यो समयमा मन्त्री फेरबदल गर्नु राम्रो हुँदैन ।’ अर्थमन्त्रीले र सरकारका मन्त्रीहरूले संसद्मा जवाफ दिने क्रम जारी रहेको बताउँदै उनले पछिल्लो राजनैतिक गतिविधिका बारेमा केन्द्रको १५ गतेपछि बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले योगले जीवन परिवर्तन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । त्रिभुवन विश्वविद्यालयका नारायण गौतमले योग जीवनको पद्धति भएको बताएका छन् । म योगी हुँ भन्ने भावनाले यसको विकास गर्नु आवश्यक रहेको उनको भनाइ थियो । 

सो कार्यक्रममा चिकित्सालयका कार्यवाहक अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, योगी नरहरिनाथ बागिश्वरी आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पिया, चिकित्सालयका मेडिकल निर्देशक डा हेमराज कोइरालाले योगको महत्वका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ३८ बजे

अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन

काठमाडौं– नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयले भन्यो– नेपालीको इच्छाअनुसार सघाउन तयार छौँ

काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीबाट पार्टी परित्याग गरेको घोषणा (भिडियोसहित)

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको

सुरेन्द्र पाण्डेले भने– अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति,

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।