योगलाई अभियानका रुपमा लैजानुपर्छः नेता पोख्रेल « Khabarhub

योगलाई अभियानका रुपमा लैजानुपर्छः नेता पोख्रेल


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलले योगलाई अभियानको रुपमा चलाउन आवश्यक रहेको बताएका छन् । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयले आज चितवनमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय योग दिवस समारोहमा बोल्दै उनले योगलाई सामाजिक अभियानका रुपमा अघि बढाउन सके स्वस्थ रहन सकिने बताएका हुन् ।

योग ध्यानको प्रतिपादन गर्ने देश नेपाल भएको भन्दै उनले यसलाई समयानुकूल बनाउँदै लैजानु  आजको आवश्यकता रहेको बताए । उनले भने , ‘योग अहिलेको युगअनुरूप रहेको छ । यसलाई समयानुकूल बनाउँदै लैजानुपर्छ ।’ आफू शिक्षामन्त्री हुँदा योगलाई पाठ्यक्रममा समावेश गर्ने भनी निर्णय गरेको जानकारी गराउँदै उनले यसलाई पाठ्यक्रममा राखेर स्कुलदेखि नै सिकाउँदै लैजानुपर्ने बताए । शिक्षा क्षेत्रमा यसको विकासले समाजको परिवर्तन सम्भव हुने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उनले तत्काल माओवादी केन्द्र मन्त्री फेरबदलको पक्षमा नरहेको बताए । उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । यो समयमा मन्त्री फेरबदल गर्नु राम्रो हुँदैन ।’ अर्थमन्त्रीले र सरकारका मन्त्रीहरूले संसद्मा जवाफ दिने क्रम जारी रहेको बताउँदै उनले पछिल्लो राजनैतिक गतिविधिका बारेमा केन्द्रको १५ गतेपछि बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले योगले जीवन परिवर्तन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । त्रिभुवन विश्वविद्यालयका नारायण गौतमले योग जीवनको पद्धति भएको बताएका छन् । म योगी हुँ भन्ने भावनाले यसको विकास गर्नु आवश्यक रहेको उनको भनाइ थियो । 

सो कार्यक्रममा चिकित्सालयका कार्यवाहक अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, योगी नरहरिनाथ बागिश्वरी आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पिया, चिकित्सालयका मेडिकल निर्देशक डा हेमराज कोइरालाले योगको महत्वका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ३८ बजे

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेख्नुभएको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण

सरकारविरुद्ध सडकमा उत्रिए युवा, वीर हस्पिटलतर्फ जाँदै गर्दा भद्रकालीमा रोकियो

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै